Hello NEw
‘क्यास लेस’ नेपाली भन्सार !
काठमाडौं, १० माघ । भन्सार विभागका महानिर्देशक सुमन दाहालले नेपाली भन्सारहरु ‘क्यास लेस’ भएको बताएका छन् । भन्सार दिवसका अवशमार भएको विशेष पत्रकार सम्मेलनमा महानिर्देशक दाहालले भन्सारहरुमा नगद कारोबार बन्द भएको बताए । पहिले भन्सारमा नगदी रसिदमा पैसा तिरेर जाँचपास हुने गरेकोमा अहिले सबै आर्थिक कारोबार बैंकिङ प्रणाली मार्फत हुने गरेको उनले बताए ।
भन्सार क्यास लेस भएको छ। पहिले पहिले भन्सारमा नगदी रसिदमा पैसा तिरेर जाँच पास हुन्थ्यो । अहिले सबै भन्सारमा बैंक सिस्टममा भुक्तानी हुन्छ। भन्सार प्रशासनले क्यास कारोबार गनगर्नुका साथै बैंकसँग पनि जानु नपर्ने गरी डिजिटल पेमेन्ट मा काम भईरहेको बताएको छ ।
दाहालले नेपाल नेशनल सिंगल विण्डो सिस्टमको विकास भइरहेको र अबको केही समयपछि कार्यालयहरुको अन्तरसमुन्वयमा देखिएको समस्या हल गर्ने बताए । सिस्टममा पहिलो चरणमा २१ भन्दा बढी कार्यालय एकै छातामुनि रहने भएकाले समुन्वयको अभाव नदेखिने उनले बताए ।
