Logo

Hello NEw

राष्ट्रपति सल्लाहकारको राजीनामा



काठमाडौं, १० माघ । राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन् । उनले पहिलो कार्यकालका दुई वर्ष र दोस्रो कार्यकालमा करिब दुई बर्ष राष्ट्रपतिको सल्लाहकारको रुपमा विताए ।

प्याकुरेलको राजीनामा राष्ट्रपति भण्डारीले आजनै स्वीकृति गरेकी छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई मजवूत बनाउन संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यता र कानूनी सर्बोच्चताको अक्षरशः कार्यान्वयनका लागि शासकीय मामिलासम्बद्ध औपचारिकताको परिधीभन्दा बाहिर अझ बढी सक्रियतापूर्वक सहभागिता जनाउनुपर्ने अनुभूत गरेर मैले आजैका मिति देखि सम्माननीय राष्ट्रपतिज्यूको विज्ञ सल्लाहकारको पदबाट राजीनामा दिएको छुु, उनले भनेका छन् ।

सुदृढ लोकतन्त्रका लागि कानूनका सामु सबैको समान हैसियत कायम गराउने गणतन्त्र नेपालका आम नेपालीको आकांक्षाको पक्षमा योगदान गर्न आफुले पदबाट राजीनामा दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्