Hello NEw
जुम्लाका स्वाथ्यकर्मीले ६ महिनादेखि तलब पाएनन्
जुम्ला । बजेट अभावमा जुम्लाका स्वास्थ्यकर्मीहरुले ६ महिनादेखि तलब पाउन सकेका छैनन् । जिल्लास्थित सात स्थानीय तहका स्वास्थ्यकर्मीहरुले ६ महिनादेखि तलब भत्ता नापाएका हुन् । उनीहरुले तलबभत्ता भुक्तानीका लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालयमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा कात्तिकदेखि हालसम्मको तलबभत्ता नपाएको र पटक–पटक सम्बन्धित निकायमा पहल गर्दा पनि सुनुवाइ नभएकाले उल्लेख छ । नियमित तलव पाउन नसक्दा दैनिक जीवन कष्टकर भएको गुनासो गरेका छन् । यस्तै उनीहरुले सरकारबाट तलबभत्ता शीर्षकमा विनियोजित बजेट जुम्लामा कार्यरत स्वास्थ्यकर्मीको वार्षिकरूपमा अपुग हुँदै आएकाले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा अपुग तलबभत्ता शीर्षकमा रकम थप गरी पठाउनका लागि पहल गरिदिनसमेत माग गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी बञ्जाडेले स्वास्थ्यकर्मीले तलब नपाएको विषयमा स्वास्थ्यमन्त्रीसँग कुरा राख्ने बताए ।
