Logo

Hello NEw

वाणिज्य बैंक परीक्षा विशेष : डिम्याट खाता भनेको हो ? लेख्नुहोस ।



वाणिज्य बैंक परीक्षा विशेष : डिम्याट के हो ? डिम्याट खाता किन आवश्यक छ ? लेख्नुहोस ।

डिम्याट भनेको भौतिकरुपमा भएका सेयर प्रमाणपत्रलाई अभौतिक (इलेक्ट्रोनिकीकरण) गर्ने प्रक्रिया हो । यो प्रक्रियाले सेयरको कारोबार गर्न छिटो छरितो रुपमा गर्न सघाउँछ ।

सेयरको अभौतिकिकरणले हराउने, च्यातीने, बिग्रने जस्ता समस्याबाट मुक्ति पाइन्छ । सेयरको डिम्याट गर्नका लागि केन्द्रिय निक्षेप सेवा (सिडिएसी) बाट सदस्यता लिएको निक्षेप सदस्य (डिपोजीटरी पार्टिसिपेन्ट) मार्फत खाता खोली भौतिकरुपमा रहेको सेयरलाई विद्युतीयकरण गर्न सकिन्छ ।

सिडिएससि धितोपत्र निक्षेप गर्न हितग्राही खोलेका तथा विद्युतीय माध्यममा निक्षेप गर्न मिल्ने धितोपत्र ग्रहन गरेको व्यक्ति हुन् । हितग्राहीले धितोपत्र निक्षेप गर्न निक्षेप सदस्यमार्फत केन्द्रीय निक्षेप कम्पनिसँग बेग्लै खाता नम्बरबाट खोलेको विद्युतीय खाता नै हितग्राही खाता हो । हितग्राहीले सिडिएससिमा डिम्याट् खाता खोल्नकालागि निक्षेप सदस्य मार्फत सम्पुर्ण विवरणहरु प्रणलीमा प्रविष्टि गरेपछि प्रणलीबाट उत्पन्न हुने १६ अंकको पृथक परिचय नम्बर नै हितग्राही परिचय नम्बर हो ।

नेपालमा पनि सेयर बजारसम्बन्धी कामलाई छिटो छरितो बनाउन डिम्याट सेयरको कारोबार सुरु भएको हो । साधारण सेयरको आवेदनका लागि समेत डिम्याट खाता अनिवार्य भएको छ । सेयर किनबेच गर्दा दाखिला फारम वा चलान फारम आवश्यक पर्दैन । कागजात प्रयोग नगर्नुपर्ने भएकाले कागजको बचाउ हुन्छ भने प्रिन्ट खर्च घट्दै जाने छ । अर्कातिर समयको पनि बचत हुन्छ ।

डिम्याट खाता किन आवश्यक छ ?
डिम्याट खाता भौतिक धितोपत्रहरुलाई विद्युतीय पद्धतिमा परिवर्तण गर्न, नेपाल स्टक एक्सचेन्जमा भएका धितोपत्रहरुको खरिद विक्री कारोबारहरुलाई अभौतिक रुपमा प्राप्त तथा हस्तान्तरण गर्न, प्रारम्भिक सार्वजानिक निष्काशनबाट प्राप्त धितोपत्रहरु वा संस्थागत गतिविधिहरु (हकप्रद निष्काशन, बोनस निष्काशन, मर्जर) लाई अभौतिक रुपमा जम्मम गर्न, डिम्याट् खातामा ग्रहन गरेका अभौतिक धितोपत्रहरुको खाताको फाटँबारी प्राप्त गर्न र धितोपत्रहरुको धितो बन्धकी राख्न तथा पुणः भौतिकीकरण जस्ता कार्यहरुका लागि डिम्याट खाता खोल्नुपर्दछ ।

डिम्याट खाता खोल्दा हितग्राहीहरुलाई हुने फाईदाहरु:
डिम्याट खाता खोल्दा हितग्राहीहरुलाई विभिन्न फाइदाहरु हुने गर्दछ । भौतिक प्रमाणपत्रहरुमा भएका जोखिमहरुलाई हटाउँन् । शीघ्र फछ्र्यौट चक्र पुरा हुने तथा ठेगाना परिवर्तणको समस्याको निदान, धितोपत्रहरुको तुरुन्तै हस्तान्तरण तथा सार्वजनिक निष्काशनबाट वितरित सेयरहरुको शीघ्र वितरण । पार्टफोलीयो व्यवस्थापन तथा धितोपत्रहरुको बन्धकीमा सहजता आदि ।

प्रतिक्रिया दिनुहोस्