Logo

Hello NEw

KYC भनेको के हो ? KYC मा भर्नुपर्ने विवरणहरु के के हुन् ?



KYC भनेको के हो ? KYC मा भर्नुपर्ने विवरणहरु के के हुन् लेख्नुहोस ।

कम्पनीले आफ्नो ग्राहकको पहिचान थाहा पाउने प्रक्रियालाई केवाईसी (KYC) अर्थात नो योर कस्टुमर (Know your costumer) भनिन्छ । अझ प्रष्ट रुपमा भन्नुपर्दा, व्यक्तिगत विवरणका साथमा पारिवारिक विवरण एवम् व्यवसायिक विवरण समेत प्रष्ट रुपमा खुल्ने समग्र विवरणलाई केवाईसी भनिन्छ ।

बैंकिङ क्षेत्रमा केवाईसीलाई अझ महत्वका साथ हेरिन्छ । यस प्रक्रियाअन्तर्गत बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकहरुको पहिचान, ठेगाना, पृष्ठभूमि, व्यवसायिक संलग्नता, आम्दानी लगायतका विषयमा जानकारी संकलन गर्दछ । कुनै पनि बैंक अवैधानिक सम्पत्ति लुकाउने थलो नबनोस् भन्नका लागि ग्राहकले कुनै पनि खाता खोल्नुभन्दा अघि बैंकले केवाईसी फर्म भराउने गर्दछ । हरेक बैंकमा खाता खोल्दा केवाईसी फर्म पनि अनिवार्य रुपमा समावेश गरिएको हुन्छ ।

भर्नुपर्ने विवरणहरु;
सामान्यतया बैंकहरूले केवाईसी फर्ममा भर्न लगाउने विवरणहरु उस्तै हुन्छन् । उक्त फर्ममा निम्न शीर्षकहरु राखिएको हुन्छ:
– खाता नम्बर
– नाम (आफ्नो¸ बुवा र आमा र हजुरबुवाको नाम)
– पेशा
– औषत वार्षिक आय
– नागरिकता वा पासपोर्ट वा सवारी लाइसेन्स नम्बर
– डेभिड वा क्रेडिट कार्ड लिएको भए त्यसको नम्बर
– यदि कुनै व्यवसाय गर्ने भए
– व्यवसायको विवरण (व्यापार¸ उद्योग वा सेवामुलक के हो खुलाउने)
– औषत वार्षिक कारोबार
– पान नम्बर वा भ्याट नम्बर
– ठेगाना
– स्थायी ठेगाना (कागजपत्रमा हुने अनुसारको)
– अस्थायी ठेगाना (अहिले बसिरहेको ठाँउको ठेगाना)

कुनै पनि बैंकमा गएर केवाई फर्म भर्दा निम्न कागजातहरु पनि पेश गर्नुपर्ने हुन्छ;
– स्थायी ठेगाना भए घरधनीको पहिचान खुल्ने कागजपत्र
– अस्थायी ठेगाना भए घरमुलकीको विवरण भएको कागजपत्रको फोटोकपी
– परिवारका सदस्यहरूको नाम, थर, नागरिकता नं., नागरिकता जारी भएको ठेगाना र मिति
– हाल बसोबास गरिरहेको स्थानसम्म पुग्ने नक्सा (नक्सा बनाउने ठाँउ फर्ममै हुन्छ)
– हालसालै खिचिएको फोटो

प्रतिक्रिया दिनुहोस्