Logo

Hello NEw

नवनियुक्त सभामुख सापकोटाले गरे पदभार ग्रहण



काठमाडौं, १३ माघ । प्रतिनिधिसभाका नवनियुक्त सभामुख अग्‍निप्रसाद सापकोटाले पदभार ग्रहण गरेका छन् । सोमबार बिहान शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि सभामुख सापकोटाले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणसँगै सभामुख सापकोटाले प्राथमिकताका आधारमा काम अघि बढाउने प्रतिक्रिया दिएका छन् ।

सापकोटा आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका थिए।प्रतिनिधिसभाको सभामुखमा सापकोटाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । बैठकको अध्यक्षता गरेका प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सापकोटालाई प्रतिनिधिसभाको सभामुख भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्