Logo

लोक सेवा विशेष : सम्भावित ११ विषयगत प्रश्नोत्तर, छोटकरीमा !



१) दिगो विकास भनेको के हो ?
भविष्‍यका पिँढीका आवश्यकताहरूसँग सम्झौता नगरीकन वर्तमान पिँढीका आवश्यकताहरू परिपूर्ति गर्नु नै दिगो विकास हो ।

दिगो विकासका मुख्यतया दुई सिद्धान्तहरू छन्;
१) आधारभूत आवश्यकताको परिपूर्ति
२) विद्यमान स्रोतको उचित प्रयोग ।

“दिगो विकास” शब्दको प्रयोग सन् १९८३ मा UNO द्वारा गठित वातावरण र विकाससम्बन्धी विश्‍व आयोग Brundtland Commission (ब्रुन्टल्याण्ड आयोग) जसको अध्यक्ष Norway की प्रधानमन्त्री Dr. Gro Harlem Brundtland थिइन् द्वारा सन् १९८७ मा “हाम्रो साझा भविष्य” [Our Common Future] मा ल्याइएको थियो ।

प्राकृतिक स्रोत, साधन, वातावरण, जनसंख्या र विकास गतिविधिहरू बीचको उचित एवं सन्तुलित तालमेललाई नै दिगो विकास भनिन्छ । वर्तमान पिँढीलाई वातावरण नबिग्रने गरी आफ्नो जीवनस्तर उकास्न सहयोग पुर्‍याउन यसले सहयोग गर्छ ।

२) सरकारले के कस्ता प्रकारका सार्वजनिक सेवा प्रवाह गर्दछ ?

१) आधारभूत आवश्यकता परिपूर्ति सम्बन्धी सेवाहरू
२) क्षमता अभिवृद्धिसम्बन्धी सेवाहरू
३) कल्याणकारी सेवाहरू
४) मनोरञ्जनसम्बन्धी सेवाहरू
५) पूर्वाधार विकास सम्बन्धी सेवाहरू

३) कार्यालय व्यवस्थापनमा कम्प्युटर प्रणालीको आवश्यकता र महत्त्व बारे लेख्‍नुहोस् ।

लामो तथा झन्झटिलो कागजी कार्य प्रणालीलाई सरल तथा मितव्ययी बनाउन
कम समयमा बढी कार्य गर्न
कार्यमा विश्‍वसनीयता कायम राख्‍न
अनावश्यक जनशक्ति घटाउन
जटिल कार्यप्रणालीलाई सरल बनाउन
आधुनिक सञ्चारको प्रणालीको रूपमा प्रयोग गर्न
ढिला-सुस्ती¸ अनियमितता तथा छलकपटलाई कम गर्न (सुशासनको प्रत्याभूति दिलाउन)
फाइलिङ प्रणालीलाई सरल बनाउन
कार्यालयमा अनावश्यक कागजी भण्डारलाई कम गर्न
कार्यालयको कार्य प्रणालीलाई प्रयोगमा ल्याउन
E-Government को अवधारणालाई प्रयोगमा ल्याउन

४) भ्रष्‍टाचारका ८ स्तम्भहरू
१) भ्रष्‍टाचारविरूद्धका रणनीतिहरू
२) निगरानी राख्‍ने निकायहरू
३) जनचेतना
४) जनधारणा
५) न्यायपालिका
६) प्रेस
७) निजी क्षेत्र
८) अन्तर्राष्‍ट्रिय सहयोग र सहकार्य

५) सामाजिक समस्याहरू
१) बालमजदूर
२) लागू औषध दुर्व्यसन तथा ओसारपसार
३) चेलीबेटी बेच(बिखन तथा ओसारपसार
४) शरणार्थी सम्बन्धी समस्या
५) अव्यवस्थित बसाइसराइ
६) जनसंख्या वृद्धि
७) बढ्दो भ्रष्‍टाचार
८) रूढिवादी प्रथा परम्परा, अन्धविश्वास‍
९) बाल-विवाह, बहुविवाह, अनमेल विवाह

६) वातावरण व्यवस्थापन बारे चर्चा गर्नुहोस् ।

जनसङ्ख्या, वातावरण र विकास समानुपातिक ढङ्गले अगाडि बढाउनु नै वातावरण व्यवस्थापन हो । वातावरण संरक्षण, वातावरण संरक्षण र आर्थिक विकास, वातावरण र गरिबी निवारण बीचको अन्तरसम्बन्ध, वातावरण र समग्र विकास बीचको सम्बन्ध, वातावरण र राष्‍ट्रिय नीति तथा क्षेत्रगत नीतिहरू बीच सम्बन्ध आदि विषयहरू वातावरण व्यवस्थापनसँग सम्बन्धित छन् ।

वास्तवमा वातावरण व्यवस्थापन एउटा यस्तो पद्धति हो¸ जसबाट प्रतिकूल वातावरणीय प्रभावलाई प्रक्रियागत तरिकाबाट न्यून गरी निरन्तर रूपमा वातावरणीय गुणस्तर कायम गरिन्छ । वातावरण व्यवस्थापनले हरित विकासको अवधारणालाई प्रोत्साहन दिई मानवीय क्रियाकलाप र विकास निर्माणलाई वातावरण मैत्री (Eco-friendly) बनाउँदै जलवायु परिवर्तनबाट हुने प्रतिकूल असरलाई न्यूनीकरण गर्ने एवं अनुकूलित बनाउने लक्ष्य लिएको हुन्छ ।

७) वातावरण व्यवस्थापनको महत्त्व लेख्‍नुहोस् ।

– पारिस्थितिक पद्धतिको संरक्षण गर्न¸
– जैविक विविधताको संरक्षण गर्न¸
– भू-क्षय¸ वन विनाश¸ बाढी पहिरो जस्ता‍ प्राकृतिक प्रकोप कम गर्न¸
– प्रकृतिको संरक्षण गर्न एवं स्रोतहरूको खपत कम गर्न¸
– जनसङ्ख्या नियन्त्रण गर्न¸ अव्यवस्थित सहरीकरणमा कमी ल्याउन¸
– प्रकृति एवं मानव जीवनलाई खतरा हुने उपकरण निर्माणमा र प्रयोगमा रोक ल्याउन¸
– पर्यटकीय विकासमा सघाउ पुर्‍याउन¸

८) संविधान भनेको के हो ?

संविधान देशको मूल कानुन हो । यसलाई सबै कानुनको जननी भनिन्छ । योसँग बाझिएका कानुनहरू बाझिएको हदसम्म अमान्य हुन्छन् । संविधान राजनैतिक एवं कानुनी दस्तावेज हो ।

  • राजनीतिक दस्तावेज हुनुको कारण : देशको राजनीतिक परिस्थितिका आधारमा संविधान बन्दछ र भविष्यका शासन व्यवस्थाको समग्र पद्धति स्थापित गर्दछ ।
  • कानुनी दस्तावेज हुनुको कारण : संविधानले मानक र मापदण्डहरूको निर्धारण गर्दछ । यो नियमहरूको सँगालो हो ।
    संविधानलाई न्याय¸ समानता र स्वतन्त्रताको आधारशिला मानिन्छ । राज्यका अङ्गहरूको सिर्जना गरी शक्तिको बाँड फाँड गर्ने काम यसले गर्दछ । शासन व्यवस्था सञ्चालनको खाका यसले नै कोर्दछ ।

संविधानका प्रमुख ४ कामहरू
१) संविधानले राज्यका प्रमुख अङ्गहरूको संगठन¸ संरचना निर्माण गर्दछ । (Organizing)
२) ती संरचनाले गर्न काम¸ कर्तव्य र अधिकारको बाँड फाँड गर्दछ । (Distributing)
३) ती निकायहरू बीच एक आपसमा नियन्त्रणको प्रबन्ध गर्दछ । (Regulating)
४) ती निकायहरूको अधिकारमा सीमाङ्कन गर्दछ ।  (Limiting)
प्रथम लिखित संविधान संयुक्त राज्य अमेरिकामा सन् १७८९ बाट सुरु भएको हो ।

संविधान किन आवश्यक छ ?
– स्वेच्छाचारी शासनमा सिमा लगाउन,
– निरङ्कुशतालाई अस्वीकार गर्न,
– कानुन प्रति उत्तरदायी बनाउन,
– सरकारलाई नियन्त्रण गर्न,
– कानुनरविधिको शासनको स्थापना गर्न,
– आमजनतालाई लाभान्वित तुल्याउन,
– मानवअधिकारको सम्मान गर्न ।

९) संविधानका विशेषताहरू लेख्नुहोस् ।
– संविधानको सर्वोच्चता हुन्छ ।
– संविधानले शासकीय शक्तिमा सीमा लगाउँदछ ।
– नागरिक अधिकार प्रति सम्मान प्रकट गर्दछ ।
– शक्तिको दुरुपयोगलाई अस्वीकार गर्दछ ।
– सरकारलाई जनता प्रति उत्तरदायी बनाउँदछ ।
– यसले सुशासनको प्रत्याभूति गर्दछ ।

१०) राजनैतिक विभाजनका आधारहरू लेख्नुहोस् ।
– भौगोलिक र जनसङ्ख्याको स्थिति
– प्रादेशिक एकता र जातीय एकता
– धर्म, रीतिरिवाज तथा संस्कृति
– विकासका पूर्वाधारहरू
– प्राकृतिक स्रोत, साधनहरूको उपलब्धता
– सामाजिक बनोट

११) सार्वजनिक सेवा प्रवाह प्रभावकारी हुन नसक्नुका कारणहरू पहिल्याउनुहोस् ।
– सेवा सुविधाको स्पष्ट व्याख्या एवं गुणस्तरको मापदण्ड निर्धारण नगरिनु,
– राजनैतिक स्तरमा स्वार्थ भाव बढ्नु,
– भ्रष्टाचार एवं दण्ड हीनता,
– प्रशासकीय स्तरमा मनोबल खस्कनु,
– सशक्त नागरिक समाजको अभाव,
– केन्द्रमुखी प्रशासकीय व्यवस्था,
– सेवा प्रदायकको कामको मूल्याङ्कन गरी पुरस्कृत एवं दण्डित नगरिनु,
– प्रक्रियामूखी कार्य शैलीको विद्यमानता
– सेवा सुविधाको प्रकार, स्वरूप र कार्यविधि जनताको अपेक्षा अनुरूपको नहुनु (सेवा माग उन्मुख नभइ आपूर्ति उन्मुख हुनु)
– सेवा प्रवाह पारदर्शी, प्रतिस्पर्धी, सहभागी मूलक एवं जबाफदेही नहुनु
– सेवा लक्षित समूह सम्म नपुग्नु

प्रतिक्रिया दिनुहोस्