Logo

Hello NEw

प्रतिनिधिसभाको बैठक बस्दै



काठमाडौं, १४ माघ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि तय गरिएको हो । आज बस्ने बैठकमा प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्‍निप्रसाद सापकोटालाई बधाइ तथा शुभकामना दिने कार्यक्रम छ। यस्तै पूर्वसांसद गम्भीरजङ्ग कार्कीको निधनमा शोक प्रस्ताव पारित हुने कार्यतालिका छ ।

यसअघि सभामुख नहुँदा प्रतिनिधिसभाको बैठक पटक पटक स्थगित हुँदै आएको थियो । तत्कालिन सभामुख कृष्णबहादुर महरा बलात्कार अभियोगमा कारागार गएपछि प्रतिनिधिसभाको सभामुख पद रिक्त थियो। राष्ट्रियसभाको बैठक पनि आज नै बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्