Hello NEw
हेलो पैसा, म्याग्नाकार्टा र जेरियाट्रिक वार्ड बारे जानकारी
हेलो पैसा भनेको के हो ?
नेपालमा मोवाइल मार्फत एक बैंकबाट अर्को बैंकमा रुपैंया पैसा राख्ने र झिक्ने सुविधा सम्नन्धी कार्यक्रमलाई हेलो पैसा नाम दिइएको छ । निम्बसले फिनासेस प्रा.ली. सँगको सहकार्यमा शुरु भएको हेलो पैसा सम्बन्धी कारोवार सेवा प्रतिसेकेण्ड ५० वटा सम्म हुन सक्ने जानकारी पाइएको छ । यो सेवा अहिले बैंकिङ्ग पहुँच नपुगेका ग्रामिण क्षेत्रमा त्यसमा पनि किसानहरुलाई प्रत्यक्ष वित्तीय सेवा पुर्याउने गरी शुरु भएको बताइएको छ ।

यो संस्था स्विडिस इन्टरनेसनल डेभलपमेन्ट एजेन्सी (सिडा) को गरिवी विरुद्ध परियोजना (आइएपी) को इनोभेटर अफ द इयर २०१२ अवार्डको अन्तिम ३ वटा समेतको मनोनयनमा परेको छ । नौला व्यापार पद्धति सञ्चालनमा ल्याइरहेको यस संस्थाले मोवाइल वित्तीय सेवा तथा वित्तीय समावेसी सेवा गरी २ प्रकारको कार्यक्रम सञ्चालन गरिरहेको छ ।
म्याग्नाकार्टा भन्नाले के बुझिन्छ ?
वेलायतमा लामो समय देखि शक्तिका लागि राजा र ब्यारोन पादरीहरु (धर्मगुरुहरु) वीच संघर्ष चलि आएको थियो । यस्तो संघर्षमा वेलायतका शोषित–पिडित जनताले धर्मगुरुहरुलाई साथ दिन पुगे । अन्ततः तत्कालीन वेलायती राजा जोनले राज्य भन्दा पनि माथि नागरिक अधिकार छ ।

जुन अनतिक्रम्य छ र यसलाई स्वयं राजाले पनि अतिक्रमण गर्न सक्दैनन् भन्ने मूल सिद्धान्तलाई आत्मसात गर्न पुगे र बेलायती जनतालाई सन् १२१५ जुन १५ मा सार्वभौमसत्ता सुम्पन पुगे । यसरी वेलायतमा नागरिक अधिकार स्थापित भएको अधिकार पत्रलाई म्याग्नाकार्टा भनिन्छ । यसै घटनालाई नै विश्वको इतिहासमा (Magna Carta) (महाअधिकारपत्र) भनिन्छ ।
जेरियाट्रिक वार्ड भनेको के हो ?
जेष्ठ नागरिकहरुका संवेदनशिल जटिल स्वास्थ्य समस्याहरु समाधानार्थ स्थापना गरीएको स्वास्थ्योपचार केन्द्रलाई जेरियाट्रिक (Geriatric) वार्ड भनिन्छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वाञ्चल, पश्चिमान्चल र मध्यपश्चिमान्चलका क्षेत्रिय अस्पताल र सुदुरपश्चिमान्चलमा सेति अञ्चल अस्पतालमा जेष्ठ नागरिकलाई विशेष उपचार सेवा दिन वार्ड स्थापना गर्ने निर्णय गरेको छ । यसबाट जेष्ठ नागरिकलाई सेवा लिनका लागि थप सहज हुने अपेक्षा गरिएको छ ।
