Logo

Hello NEw

कोरोना भाइरसको परीक्षण नेपालमै



काठमाडौं, १५ माघ । कोरोना भाइरसको परीक्षण अव नेपालमै हुने भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमबारदेखि कोरोना भाइरसको जाँच सुरू गरिएको बताएका हुन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा पनि थर्मल स्क्यानर मार्फत ज्वरो लगायतका अन्य लक्षणहरु नाप्न थालिएको बताए । उनले काठमाडौंमा रहेको अस्पतालहरुको ल्याबहरूलाई प्रयोग गर्ने विषयमा काम भइरहेको जानकारी समेत दिए ।

कोरोना भाइरसबाट बच्न भिडभाडमा जान नहुने, साबुन पानीले हात धोइराख्ने, खोक्दा वा हाछ्यु गर्दा मुख छोप्ने, मास्क तथा पञ्जा लगाउने लगायतका काम गर्नुपर्ने बताए। उनले स्वास्थ्यकर्मीहरुले पनि संकास्पद विरामीहरु आएमा मास्क, पञ्जा, गाउन लगाउने र विरामीलाई छोएपछि तत्काल हात धुने लगायतका प्रकृया अपनाउ जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्