Logo

Hello NEw

यी स्थानमा आज दिनभर बत्ती जाने



काठमाडौं, १५ माघ । काठमाडौंको केही क्षेत्रमा बुधबार दिनभर बत्ती जाने भएको छ ।

महाराजगंज वितरण केन्द्रको बुढानिलकण्ठ फिडरबाट वितरित लाइन चक्रपथ विस्तारको लागि रुख कटान गर्न बुधबार बिहान साढे ७ बजे देखि साँझ ५ बजेसम्म सट डाउन हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

उक्त फिडरअन्तर्गत पर्ने बसुन्धारा, श्रीटोल लगायतका क्षेत्रमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जानकारी दिएको हो । रुख कटान कार्य निर्धारित समय अगाडि नै सम्पन्न भएमा सो समयभन्दा अगावै लाइन सुचारु हुने समेत प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्