Hello NEw
नेपालको भूगोल सम्बन्धी सामान्य ज्ञान
१) पाटनढोकाको अर्को नाम के हो ?
– तुसाहिटी
२) वैकुण्ठ झरना नेपालको कुन जिल्लामा पर्छ ?
– पाल्पा
३) नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको मन्दिर कुन हो ?
– मुक्तिनाथ
४) निलगाड कुन नदिमा मिसिन्छ ?
– महाकाली नदिमा
५) दक्षिणमा महाभारत पर्वतदेखि उत्तरमा हिमालयसम्म फैलिएको जिल्ला कुन हो ?
– धादिङ्
६) मुस्ताङ जिल्लाको पुरानो नाम के थियो ?
– ल्होमन्थाङ
७) एशियाको सबैभन्दा ठूलो प्रवेशद्वार कहाँ छ ?
– नेपालको जनकपुरमा
८) नेपालको पहिलो ग्रामीण सूचना केन्द्र कहाँ स्थापना गरिएको छ ?
– पर्वत जिल्ला
९) मकवानपुरको पुरानो नाम के हो ?
– माकन्दपुर
१०) घटिगाड कुन जिल्लामा पर्दछ ?
– बैतडी
११) मार्गा पोखरी कुन जिल्लामा अवस्थित छ ?
– तेह्रथुम
१२) नेपालमा हात्ती सूचनाकेन्द्र कहाँ रहेको छ ?
– चितवन
१३) गुप्तेश्वर गुफा कुन जिल्लामा पर्छ ?
– कास्की
१४) नेपालमा वन्यजन्तु सँग्रहालय कुन ठाउँमा स्थापना गरिएको छ ?
– हेटौडा
१५) नेपालको कुन ठाउँलाई लालिगुराँसको घर भनी चिनिन्छ ?
– मिल्के डाँडा
१६) सुनकोशीको पौराणिक नाम के हो ?
– शुभ श्रवा
१७) डोम हिमाल कुन हिमश्रिङ्खला अन्तर्गत पर्दछ ?
– कन्चनजङ्घा
१८) नेपालबाट सबैभन्दा नजीकमा पर्ने तिब्बतको शेरावस्ती नेपालको कुन जिल्लाबाट नजिक पर्छ ?
– हुम्ला
१९) भूगोलविद् हरुका अनुसार हाल नेपाल लगायतका क्षेत्रमा रहेको प्राचिन सागरको नाम के थियो ?
– टेथिस सागर
२०) नेपालको कुन जिल्ला हलो आकारको छ ?
– रामेछाप
२१) ओलाङ्चङगोला घाँटीबाट नेपाल प्रवेश गरेको एक मात्र नदी कुन हो ?
– तमोर
२२) कौमारी स्वरुपा को नामले चिनिने नेपालको नदी कुन हो ?
– मादी
२३) गण्डकी नदी कहाँ पुगेपछि नारायणीका नामले चिनिन्छ ?
– चितवन जिल्लामा
२४) कर्णाली र तिला नदीको संगम भएको स्थानलाई के भनिन्छ ?
– लालीतिर्थ, कालिकोट जिल्ला
२५) रंगुन नामक नदी नेपालको कुन जिल्लामा पर्दछ ?
– डडेल्धुरा
२६) थर्पुचुली हिमनदी कहाँ पर्दछ ?
– अन्नपूर्ण हिमालको काखमा
२७) कान्जिरोवा र सिस्ने हिमालको छायाँ कुन तालमा देखिन्छ ?
– रारा ताल
२८) जोरपानी झरना कहाँ रहेको छ ?
– डोटीमा
२९) दरौंदी र मर्स्याङ्दी नदीको दोभान स्थल लाई के भनिन्छ ?
– मजुवा खैरेनी
३०) झुमा भञ्ज्याङ कुन जिल्लामा अवस्थित छ ?
– सिन्धुपाल्चोक
३१) नख्खु खोलाको पौराणिक नाम के हो ?
– प्रभावती
३२) तुलसीपुर कुन नदीको किनारमा अवस्थित छ ?
– पातुखोला
३३) माछपुच्छ्रे हिमालको उचाई कति रहेको छ ?
– ६,९९६ मिटर
३४) महाभारत पर्वत श्रेणीलाई नेपालको हावाखोरी किन भनिन्छ ?
– रमणीय र स्वस्थकर हावापानी भएकोले
३५) जनकपुर – माडी सडकको नाम के हो ?
– अमर सिंह पथ
३६) गाईघाट कुन नदीको किनारमा अवस्थित छ ?
– त्रियुगा
३७) नेपालको सबैभन्दा ठूलो ताल रारा तालबाट निस्केर बनेको खोला कुन हो ?
– खत्याड
३८) हरिहर क्षेत्र भन्नाले कुन क्षेत्रलाई बुझिन्छ ?
– देवघाट
३९) तिलिचो ताल कति उचाईमा रहेको छ ?
– ४,९१९ मिटर
४०) चिया विकास क्षेत्र घोषित गरिएका जिल्लाहरू कुन कुन हुन ?
– पाँचथर, इलाम, झापा, तेह्रथुम र धनकुटा
४१) वेद व्यास गुफा कुन जिल्लामा पर्दछ ?
– तनहुँ
४२) नेपालको बनारस भनेर कुन ठाउँलाई चिनिन्छ ?
– पाल्पाको रिडी
४३) बागमती नदीको लम्बाई कति छ ?
– १६३ किलोमिटर
४४) नेपालको सबैभन्दा पुरानो सडक कुन हो ?
– त्रिभुवन राजपथ
४५) नेपालको दोस्रो प्रमुख बाली कुन हो ?
– मकै
४६) भोटेकोशी जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ ?
– सिन्धुपाल्चोक
४७) नेपाल भित्रको सर्वोच्च हिम स्रोत भएको नदी कुन हो ?
– दूध कोशी
४८) विराट पोखरी कुन जिल्लामा पर्दछ ?
– झापा
४९) नेपालको सबैभन्दा दक्षिणमा पर्ने पर्वत श्रेणी कुन हो ?
– चुरे पर्वत श्रेणी
५०) कटारी ओखलढुङ्गा जोड्ने सडकको नाम के हो ?
– सिद्धिचरण मार्ग
