Hello NEw
नेकपाका १४ टोली नेता, को-को बने नेता ?
काठमाडौं, १६ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठक सुरु भएसंगै बुधबार उद्घाटन शत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि बिहीबारबाट समूहगत छलफल सुरु भएको छ ।
छलफलका लागि १५ समूह विभाजन गरिएको छ । अहिलेसम्म १४ समूहले टोली नेता पाएका छन् ।
उर्मिला अर्याल, कमला रोका, खिमलाल भट्टराई, जगन्नाथ खतिवडा, ठाकुर गैरे, दिनानाथ शर्मा, पूर्णकुमारी सुवेदी, विन्दा पाण्डे, भगवती चौधरी, राजेन्द्र राई, रेणु दाहाल, लेखनाथ न्यौपाने, राम कार्की र हिमाल शर्मा टोली नेता चयन भएका छन् ।
कुन समूहमा को बने नेता ?
समूह १ मा दुईजना टोली नेता बनेका छन् । उर्मिला अर्याल र आनन्द पोखरेललाई नेता बनाइएको हो । समूह २ मा कमला रोकाले नेतृत्व पाएकी छन् । उनको सहूहमा कृष्णध्वज खड्का र कृष्ण राई उपनेता बनेका छन् ।
समूह ३ मा खिमलाल भट्टराई नेता बनेका छन् भने समूह चारमा जगन्नाथ खतिवडा टोली नेता बनेका छन् । त्यसैगरी समूह पाँचमा ठाकुर गैरे टोली नेता बनेका छन् । समूह ६ मा दिनानाथ शर्मा टोली नेता बनेका छन् भने उनको समूहमा देवेन्द्र दहाल, देवी खड्का, देवी ज्ञवालीलगायत नेता छन् ।
