Logo

Hello NEw

लोक सेवा विशेष : मिति र पात्रोको हिसाब गर्ने तरिका



लोक सेवा विशेष मिति र पात्रोको हिसाब गर्ने तरिका

१) वर्षमा ३६५ दिन हुन्छ भने  Leap Year  मा ३६६ दिन हुन्छ ।

२) Leap Year भएको Feb. महिना २९ दिनको हुन्छ भने अन्य वर्षको Feb. महिनामा २८ दिन हुन्छ ।

३) कुनै पनि वर्षको पछाडीको दुई अंकलाई ४ ले निशेष भाग जान्छ भने त्यो Leap Year हुन्छ । जस्तै: २००४, २००८,२०१२ आदी ।

४) शताब्दीहरुमा अगाडीको दुई अंकलाई ४ ले निशेष भाग गएको अवस्थामा त्यो शताब्दी Leap Year  हुन्छ । जस्तै: २०००, २४००,१६०० आदी ।

५) पृथ्वीले आफ्नो अक्षमा एक परिक्रमा लगाउन ३६५ दिन ५ घण्टा र ४८ मिनेट लाग्ने हुनाले Leap Year को सृजना हुन्छ ।

६) बारको हिसाव गर्दा Year Ascending Order मा दिएमा शेषलाई जोड्ने (+) Descending Order  मा दिएमा दिएको बारबाट घटाउनु  (-)  पर्दछ

७) हरेक वर्ष ३६५ दिनको हुन्छ । त्यसलाई ७ ले भाग गर्दा शेष १ बाँकी रहन्छ । Leap Year मा शेष २ बाँकी रहन्छ । त्यसैले Same day दिएर Year फरक पारेर Question दिएमा दिएको दुइ Year घटाउने र Leap Year  संख्या जोडेर आउने संख्यालाई दिएको बार मा (+-) गरेमा सोधेको बार आउछ । जस्तै :  २०१३ Jan 1 Sunday भएमा 2029 Jan 1 कुन बार हुन्छ ?

८) वर्षमा हुने दिन सम्झनका लागि हातको औलाको डिलमा गन्न सकिन्छ । पहिलो (अग्लो भाग) ३१ दिनको हुन्छ भने होचो भाग ३० दिनको हुन्छ । Feb.  महिना जहिले पनि अपवाद हुन्छ ।

९) Same Year  मा Month को Day फरक पारेर कुन बार भनेर सोधेमा दिएको अवधिमा कति दिन हुन्छ Count गरेर ७ ले भाग गर्ने आएको शेष दिएको बारमा (+-) गर्ने त्यो बार हुन्छ । जस्तै : 2013 Jan 24 Wednesday भए May 21 कुन बार हुन्छ ?

१०) Year र Month दुबै फरक पारेर दिएमा दिएको महिना विचको दिनको संख्या + दिएको Year विचको Difference + Leap Year को संख्याको योगलाई ७ ले भाग गरेर आउने शेषलाई दिएको बारमा (+-) गर्ने । जस्तै : 2013 Jan 10 Sunday भए 2015 Dec 10 कुन बार हुन्छ ।

११) पात्रो कुन Year को पात्रोसंग हुबहु मिल्छ भन्ने प्रश्नमा विचमा Leap Year कति परेको छ त्यसलाई दिएको दुई वर्ष घटाएर आउने संख्यासँग जोडेर ७ ले भाग गर्दा शेष ० भएमा त्यो वर्ष हुबहु मिल्छ । जस्तै : 2007 को पात्रो कुन वर्षको पात्रोसँग हुबहु मिल्छ ? a) 2013 b) 2015 c) 2018 d) 2020

१२) Year र Day मात्र दिएर प्रश्न सोधेमा आजको मितिलाई आधार मानेर हल गर्ने । जस्तै 2031 Sep 11 मा कुन बार पर्छ ।

१३) भोलीको पर्सि आजको अस्ती जस्तो प्रश्नमा आजलाई आधार मानेर Circle को आधारमा बार निकाल्नु पर्छ । भोली भविष्यकाल भएकोले Clockwise र अस्ती भूतकाल भएकोले Anticlockwise हुन्छ ।

प्रतिक्रिया दिनुहोस्