Hello NEw
वुहानबाट १७५ जना फर्कन इच्छुक
काठमाडौं, १९ माघ । चीनको वुहान प्रान्तबाट नेपाल फर्कन १७५ जनाले फारम भरेका छन् । उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी एक/दुई दिनभित्रै नेपाल फर्काइने बेइजिङस्थित नेपाली दूताबासले जनाएको छ ।
चीनमा कोराना भाइरसको प्रकोप फैलिएपछि दूताबासले शनिवार एक सूचना जारी गरी नेपाल फर्कन चहानेले आइतबार विहान ९:०० बजेसम्म फारम भर्न समय सीमा तेकेकोमा १७५जनाले फारम भरेको बेइजिङस्थित दूवाबासले जनाएका छन् ।
दूवाबासबा अनुसार बुहानमा श्रम स्वीकृति लिएर काम गरीरहेका दश जना अन्य विद्यार्थी गरी करीब २०० जना नेपाली रहेको अनुमान गरिएको छ । त्यस मध्ये केही चीनको नयाँ वर्षको विदा परेका कारण नेपाल नै गएको हुन सक्ने बताएको छ ।
