Logo

Hello NEw

दोलखाका तत्कालिन प्रजिअ रिजाल विरुद्ध ५ मुद्दा दायर



काठमाडौं, २० माघ । दोलखाका तत्कालिन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल विरुद्ध ५ वटा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विषेश अदालत काठमाडौंमा ४ वटा घूससम्बन्धी र एउटा अनुगमनमै नगइ भत्ता बुझेको आरोपमा मुद्दा दायर गरेको हो ।

अख्तियारले जारी विज्ञप्तिमा आफ्नो कार्यक्षेत्रभित्रका बिभिन्न मुद्दा सम्बन्धी केश लाग्छ भन्दै कारागारको डरत्रास देखाएर फरक फरक सेवाग्राहीसँग पटक–पटक गरी ५०, हजार, ९०, हजार, ३५, हजार, र ४ लाख लिएको पाइएको उल्लेख छ ।

त्यस्तै, अनुगमनमा नै नगई कार्यालय बसेर अनियमित तरिकाले ७७ हजार ६ सय बुझेको आरोप पनि मुद्दामा लगाइएको छ । आरोपपत्रमा जम्मा बिगो ६ लाख ५२ हजार ६ सय कायम गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाका आरोपितसँग घूस लिएको आरोपमा रिजाललाई गत पुस १५ गते अख्तियारले नियन्त्रणमा लिएको थियो । रिजाल अख्तियारको सहप्रवक्ता भइसकेका व्यक्ति समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्