Logo

Hello NEw

एन्टिभाइरल औषधिको संयोजनबाट कोरोना भाइरसको सफल उपचार



काठमाडौं, २० माघ । एन्टिभाइरल औषधिको संयोजनबाट थाइल्यान्डका चिकित्सकले कोरोना भाइरसका एक बिरामीको सफल उपचार गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले आइतबार दिएको ब्रिफिङअनुसार बैंककस्थित राजविथी अस्पतालका चिकित्सकले चीनबाट आएकी कोरोना भाइरस सङ्क्रमित ७१ वर्षीय वृद्धाको उपचार गरेका हुन् ।

एचआइभी र फ्लू उपचार गर्न प्रयोग गरिने औषधिको संयोजनबाट उपचार संभव भएको बताइएको छ । ती वृद्धालाई यसअघि एचआइभी विरूद्धको औषधिबाट मात्रै उपचार गरिएको थियो ।

उक्त उपचारविधिबाट सन्तोषजनक नतिजा आएको उपचारमा संलग्न डाक्टर क्रियांग्सक एटिपोर्नवानिचले बताए । ‘उपचारविधिबाट ४८ घण्टाभित्रै बिरामीको अवस्थामा सुधार आयो र परीक्षणको नतिजामा पनि सोही अवधिमा कोरोना भाइरसको संक्रमण पोजेटिभबाट नेगेटिभ देखायो,’ उनले भने ।

पछिल्लो परीक्षणमा बिरामीको श्वासप्रश्वास प्रणालीमा भाइरस नदेखिएको अस्पतालले जनाएको छ।केही समयअगाडि मात्रै अमेरिकी स्वास्थ्य संस्था नेसनल इन्स्टिच्युट एलर्जी एन्ड इन्फेक्सियस डिजिजले कोरोनाभाइरसको उपचारका लागि अहिलेसम्म प्रभावकारी औषधि नभएको बताएको थियो ।

बेइजिङका अस्पतालहरुले पनि एचआइभी र एड्सका बिरामीलाई दिइने औषधिको प्रयोग गरेर कोरोनाभाइरसको उपचार गरेको भनिए पनि यो सफल भएरनभएको स्पष्ट छैन ।
#सेतोपाटी

प्रतिक्रिया दिनुहोस्