Logo

Hello NEw

हत्या गरिएको अवस्थामा वडाध्यक्षको शव फेला



अछाम, २१ माघ । अछाम वडा नंं. २ का वडाध्यक्ष पदमबहादुर धामीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । नेपाली कांग्रेसबाट निवार्चित धामीको पञ्चदेवल बिनायक नगरपालिमा मंगलवार विहान हत्या भएको अबस्थामा शव भेटिएको स्थानीयले जनाएका छन् ।

हत्या कसले र किन गर्यो भन्ने कुरा एकिन हुन नसकेको नेपाली कांग्रेस अछामका सहसचिव एवंम प्रवक्ता बेदप्रकाश तिमिल्सैनाले जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा पुगगिसकेको अछाम प्रहरी प्रमुख दिपक भारतीले बताएका छन् । ४० बर्षिया धामीको आज बिहान ६ वजे तिर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । हत्या गरिएका धामी तत्कालिन नेकपा एमालेका उम्मेद्धवारलाई पराजित गरि वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्