Logo

Hello NEw

प्रतिनिधिसभा बैठक बस्दै : एजेन्डा सहित



काठमाडौं, २१ माघ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ। मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विधेयक र विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश हुने संघीय संसदले जानकारी दिएका छन् ।

बैठकमा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ज्येष्ठ नागरिक पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७६ र शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले पारमाणविक विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७६ पेश हुने कार्यसूचीमा उल्लेख छ।

यस्तै, बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले विभिन्न ८ वटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रतिक्रिया दिनुहोस्