Logo

Hello NEw

भन्सारका नासु १ लाख ५० हजार घूससहित पक्राउ



काठमाडौं, २१ माघ । जनकपुर भन्सार कार्यालय, धनुषामा कार्यरत नायब सुब्बा अहमद रजा अन्सारी एक लाख ५० हजार घूससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले नासु अन्सारीलाई सेवाग्राहीबाट घूस लिइरहेको अवस्थामा जनकपुर उपमहानगरपालिका–८ पिडारी चोकबाट शनिबार साँझ नियन्त्रणमा लिइएका थिए ।

अख्तियारले मंगलबार जारी गरेको विज्ञप्तिमाअन्सारीले नेपाल–भारत सीमा बजारबाट घरायसी सामानहरु ल्याउन सहज गराइदिन्छु भन्दै सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा पक्राउ गरिएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्