Logo

Hello NEw

न्यारोबडी घोटाला प्रकरण : महाप्रबन्धकको ९ बुंदे प्रष्टीकरण



काठमाडौं, २२ माघ । नेपाल वायुसेवा निगमले दुइवटा न्यारोबडी विमान एयरबस ए ३२० खरिद गर्ने क्रममा डेढ अर्ब घोटाला भएको समाचार सार्वजनिक भएसंगै निगमका तत्कालिन महाप्रबन्धक सुगतरत्न कंसाकारले ९ बुंदे प्रष्टीकरण दिएका छन् ।

उनले आफू महाप्रबन्धक नियुक्त भएको केही हप्तापछि नै ६ वटा विमान खरिद गर्न टेण्डर आह्वान गरिएको बताएका छन् । उनले आफूले अवकास पाइसकेपछि मात्रै विमान खरिद भएको उल्लेख गरेका छन् ।

नेपाललाई दुइवटा न्यारोबडी विमान एयरबस ए ३२० विक्री गर्ने युरोपियन कम्पनी एयरबसले तत्कालीन खरिद विक्रीमा संलग्न नेपाली सरकारी अधिकारी तथा एजेन्टलाई ३ लाख ४० हजार युरो (करिब ४ करोड २८ लाख रुपैंयाँ) ‘घूस’ दिएको खुलासा गरेको थियो । फ्रान्सेली राष्ट्रिय वित्तीय अभियोजकको कार्यालयले सार्वजनिक गरेको अदालती सम्झौतापत्रमा १८ लाख (करिब २० करोड) को प्रतिबद्धता भएको रकममध्ये एयरबसले नेपाली एजेन्ट र खरिदमा संलग्न सरकारी अधिकारीहरुलाई ‘घूस’ वापत भुक्तानी गरेको उल्लेख छ ।

यो रकम सन् २०१४ फेब्रुअरी (२०७० माघ) देखि सन् २०१५ अप्रिल (२०७१ चैत) सम्म पटक पटक भुक्तानी भएको पनि पत्रमा उल्लेख छ ।

यस्तो छ कंसाकारको प्रष्टीकरण :

१) म महाप्रबन्धक हुनासाथ केही हप्तापछि नै मिति २०६५/१२/२५ मा ६ वटा विमान खरिद गर्न टेण्डर आह्वान गरेको ।

२) अख्तियारले मिति २०६७/९/९ मा विशेष अदालतमा मुद्दा हालेपछि म स्वत: निलम्बनमा परेर घर बसेको ।

३) सर्वोच्च अदालतबाट खरिद प्रकृयामा कुनै अनियमिता भ्रष्टाचार नभएको भनि मिति २०६९/१/१२ मा क्लिन चिट दिएको ।

४) मैले २०६८ साल आषाढ १५ गतेदेखि निगमको कार्यकारी अध्यक्षबाट अवकास पाएर घरमा बसेको ।

६) मैले अनौपचारीक रुपमा पाएको जानकारी अनुसार दुईवटा न्यारोबडी ए ३२० विमान खरिद गर्न एयरबस कंपनीसँग वार्तालाप २०६९ माघर फागुन महिनादेखि शुरु गरेको ।

७) पहिलो न्यारोबडी मिति २०७१/१०/२५ मा र दोश्रो विमान मिति २०७२/१/१८ मा काठमाण्डौं अवतरण भएको ।

८) ६ दिन अघि २०७६ माघ १७ गते लण्डनमा सार्वजनिक गरेको कागजातमा २०७० साल माघ १८ गते देखि २०७२ साल बैशाख १७ गतेबीचमा ३ लाख ४० हजार युरो नेपालको एकरदुई ब्यापारीलाई भुक्तानी गरेको उल्लेख गरेको ।

९) २०६८ देखि २०७२ सम्म म करिव ४ वर्ष घरमा अवकासको जीवन बिताईसकेपछि २०७२ साल जेष्ठ १७ गते देखि पुनस् निगमको महाप्रबन्धक पद सम्हालेको ।

प्रतिक्रिया दिनुहोस्