Hello NEw
फरार वडाध्यक्ष पक्राउ
काठमाडौं, २२ माघ । सप्तरीको राजविराज नगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद यादव पक्राउ परेका छन् । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका यादवलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो ।
फरार प्रतिवादी वडाध्यक्ष यादवलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै, बहुविवाह मुद्दाका फरार प्रतिवादीलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी साविक जमुनिमधेपुरा गाविस–९ हाल रुपनी गाउँपालिका–४ का २५ वर्षीय शत्रुधन साह र साहकी कान्छी श्रीमती २० वर्षीया सजनीकुमारी साह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रुपनी गाउँपालिका–४ का ३० वर्षीया प्रमिलाकुमारी साहले दिएको जाहेरीको आधारमा बहुविवाह मुद्दाका फरार अरोपीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
