Hello NEw
आज यि ठाउँहरुमा दिनभर बत्ती नआउने
काठमाडौं, २२ माघ । राजधानीका विभिन्न ठाउँमा आज दिनभर बत्ती नआउने भएको छ ।
महाराजगंज वितरण केन्द्रको धापासी र बुढानिलकण्ठ फिडरबाट वितरीत लाइन आज बिहान ७ बजेबाट साँझ ४ बजेसम्म ‘सट डाउन’ हुने विधुत प्राधिकरणले जनाएको छ ।
उक्त फिडर अन्तर्गत बसुन्धारा, श्रीटोल, सामाखुशी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटल लगायतका क्षेत्रमा बत्ती काटिने जनाएको हो ।
सडक विस्तारका लागि रुख कटान गर्न बत्तीको लाइन काटिएको हो । रुख कटान कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै विद्युत आपुर्ति हुने प्राधिकरणले जनाएको छ ।
