Hello NEw
लोकसेवा तयारी : वस्तुगत प्रश्नोत्तर
१) प्रदेश ३ को प्रदेशसभा बैठकले प्रदेशको नामकरण के गरेको छ ?
बाग्मती – प्रदेशको स्थायी राजधानी : हेटौंडा, (विक्रम संवत् २०७६ पुस २७)
(– प्रदेशसभा बैठकद्वारा दुईतिहाइभन्दा बढी मतका साथ नाम बाग्मती र राजधानी हेटौँडा पारित गरिएको । प्रदेशको राजधानीबारे भएको मतदानमा हेटौँडाको पक्षमा एक सय पाँच मत र विपक्षमा तीन मत प्राप्त भएको । नेकपा, काँग्रेस र राप्रपाका सांसदले हेटौँडाको पक्षमा तथा विवेकशील नेपाली र साझा पार्टीका सांसदले विपक्षमा मतदान गरेका ।
– प्रदेशको नाम बाग्मती राख्ने प्रस्ताव सर्वसम्मति ९एक सय आठ मत० ले पारित भएको ।
– प्रदेशको स्थायी राजधानी हेटौँडा र नाम बाग्मती घोषणा गरेपश्चात् सोही दिन प्रदेश प्रमुख विष्णु प्रसाईंद्वारा प्रमाणीकरण गरिएको साथै सो दिनदेखि नै कार्यान्वयन हुनेगरी राजपत्रमा प्रकाशित गरिएको ।)
२) इरानी सैन्य कमान्डर कासिम सुलेमानी अमेरिकी आक्रमणमा मारिएपश्चात् इराकस्थित अमेरिकी सैन्य अखडामा इरानद्वारा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार कहिले भएको हो ?
सन् २०२० जनवरी ८
(– इरानको सरकारी सञ्चारमाध्यमका अनुसार सो आक्रमण जनरल सुलेमानीको हत्याको बदला लिन गरिएको बताइएको । सो आक्रमणमा चारजना सैनिक साामान्य घाइते भएको ।
– सन् २०२० जनवरी ३ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको एक ड्रोन हमलामा जनरल सुलेमानी मारिएका ।
– इरान र अमेरिकाबीच तनाव बढ्दै गए मध्यपूर्वमा रोजगारीको सिलसिलामा रहेका १० लाखभन्दा बढी नेपाली जोखिममा पर्ने भएका । इराक र अमेरिका युद्ध चर्कियो भने नेपाली अर्थतन्त्र प्रभावित हुने नेपाल राष्ट्र बैङ्कले जनाएको । नेपाल भित्रने कुल रेमिट्यान्समध्ये ५० प्रतिशत हिस्सा खाडी मुलुकको रहेको । राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार गत आवमा विश्वका विभिन्न मुलुकबाट आठ खर्ब ७९ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको । यदि युद्ध चर्किएमा चार खर्बभन्दा बढी रेमिट्यान्स प्रभावित बन्न सक्ने ।)
३) इरानमा युक्रेनी विमान बोइङ–७३७–८०० कहिले दुर्घटनाग्रस्त भएको हो ?
सन् २०२० जनवरी ८
(तेहरानको इमाम खमेनी विमानस्थलबाट उडेको सो विमान उड्नेबित्तिकै दुर्घटनाग्रस्त भएको । विमानमा १६७ यात्रु र नौजना चालक दलका सदस्य रहेका ।)
४) पाकिस्तानको लाहोरस्थित उच्च अदालतले पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई सुनाइएको मृत्युदण्डको फैसला कहिले बदर गरेको हो ?
सन् २०२० जनवरी १३
(– विशेष अदालतको कानुनी प्रक्रियालाई असंवैधानिक भन्दै उच्च अदालतले मुसर्रफमाथिको सजाय बदर गरेको हो ।
– विशेष अदालतले सन् २०१९ डिसेम्बर १७ मा मुसर्रफलाई देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्डको पैmसला सुनाएको थियो ।
– जनरल मुसर्रफले सन् १९९९ मा तत्कालीन प्रधानमन्त्री नवाज सरिफलाई सत्ताच्यूत गरी सत्ता आफ्नो हातमा लिएका ।
– मुसर्रफले सन् २००१ देखि २००८ सम्म राष्ट्रपतिको कार्यभार सम्हालेका ।
– मुसर्रफले आफ्नो कार्यकाल लम्ब्याउन सन् २००७ मा संविधान निलम्वन गरेर आपतकाल घोषणा गर्नुभएको थियो ।
– आफूमाथि महाभियोग लाग्ने डरले उहाँले सन् २००८ मा राजीनामा दिनुभएको थियो ।
– सन् २०१३ मा पाकिस्तानी मुस्लिम लिग ९नवाज० सरकारमा आएपछि उहाँविरुद्ध मुद्दा दायर गरिएको थियो ।)
५) पहिलो बालमैत्री गाउँपालिका घोषित हुन सफल गाउँपालिका कुन हो ?
मनहरि गाउँपालिका (मकवानपुर)
(– देशभरका ४ सय ६० गाउँपालिकामध्ये मनहरि पहिलो बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन गर्ने गाउँपालिका बनेको ।
– गाउँपालिकास्तरमा मनहरिलाई २०७६ पुस २८ मा बालमैत्री गाउँपालिका घोषित गरिएको ।)
६) हात्तीपोलो प्रतियोगिता २०७६ को उपाधि कसले जित्यो ?
खैरहनी नगरपालिका (उपविजेता : रत्ननगर नपा)
७) विक्रम संवत् २०७६ मा प्रदान गरिने ‘पहिचान सम्मान’ बाट सम्मानित स्रष्टा को
हुनुहुन्छ ?
खगेन्द्र सङ्ग्रौला
(– यो सम्मान पाँच–पाँच वर्षमा प्रदान गरिने ।
– सम्मानको राशि चार लाख दुई हजार दुई सय रुपियाँ रहेको ।)
८) २२औँ विश्वकप फुटबल–२०२२ को लोगो कहिले सार्वजनिक गरिएको हो ?
सन् २०१९ सेप्टेम्बर ३
(– सन् २०२२ को विश्वकप फुटबलको आयोजक राष्ट्र कतार रहेको ।
– प्रतियोगिता सन् २०२२ नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म सञ्चालन हुने ।)
९) नेपालमा हुने साइबर अपराधसम्बन्धी गतिविधिविरुद्ध नेपाल र चीनद्वारा सञ्चालित अपरेसनलाई के भनी चिनिन्छ ?
चार्ली फोक्स्टर
१०) राष्ट्रिय वनस्पति उद्यान र राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला कहाँ रहेको छ ?
गोदावरी, ललितपुर
(– विक्रम संवत् २०१९ कात्तिक १२ मा शाही वनस्पति उद्यानका रूपमा स्थापित यो उद्यान २०६२/६३ को जनआन्दोलनपश्चात् राष्ट्रिय वनस्पति उद्यानका रूपमा नामाङ्कित भएको ।
– दशकौँ पुराना रूख र वनस्पतिको साझा भण्डारका रूपमा रहेको यो उद्यान वैज्ञानिकहरूका लागि उपयुक्त अनुसन्धान केन्द्र रहेको ।
– यस उद्यानमा हाल ५७५ प्रजातिका फूल, २९० प्रजातिका पक्षी, २५० प्रजातिका पुतली एवम् अनगिन्ती वनस्पति पाइने ।
– यहाँ रहेको राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला ९सन् १९६१ मा स्थापित० मा फूल फुल्ने र नफुल्नेगरी एक लाख ६५ हजार वनस्पतिका नमुना राखिएको ।)
११) पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको अध्यक्षमा को नियुक्त भएका छन् ?
भीष्मराज ढुङ्गाना
१२) गोल्डकास्ट डटकमद्वारा हालै सार्वजनिक प्रतिवेदनअनुसार सन् २०१० देखि २०१९ सम्मको दशककै प्रेरणादायी व्यक्तिको सूचीमा उत्कृष्ट स्थानमा रहन सफल नेपाली चेली को हुनुहुन्छ ?
पुष्पा बस्नेत
(– सामाजिक अभियन्ता बस्नेतले जेलजीवन बिताइरहेका आमाबाबुका सन्ततिहरूको पालनपोषण एवम् शिक्षामा कार्य गर्दै आउनुभएको ।
– उहाँ सीएनएन हिरोका साथै सीएनएन सुपर हिरो अवार्डबाट सम्मानित हुनुभएकी ।)
१३) नेपाल जनप्रसाशन सङ्घको अध्ययक्षमा कसलाई नियुक्त गरियो ?
कृष्णहरि बास्कोटा
१४) ओमनका सुल्तान कावुस बिन सइद अल सइदको निधन कहिले भएको हो ?
सन् २०२० जनवरी १०
(– सुल्तान कावुुस सन् १९७० मा बेलायतको समर्थनमा आफ्ना पितालाई हटाई आफैँ सुल्तान बन्नुभएको ।
– कावुस अरब जगत्मा सबैभन्दा लामो समय सुल्तान रहनुभएको । उहाँले सन् १९७० देखि अहिलेसम्म झन्डै ५० वर्ष ओमनमा शासन गर्नुभएका ।
– उहाँको निधनपश्चात् उहाँकै नातेदार हैथम विन तारिकलाई नयाँ सुल्तानका रूपमा चयन गरिएको ।)
१५) अरब राष्ट्रहरूबीच आर्थिक राजनीतिक तथा सामाजिक सम्बन्ध विकास गर्ने उद्देश्यसहित अरब लिगको स्थापना कहिले भएको हो ?
सन् १९४५ मार्च २२
(यसको प्रधान कार्यालय इजिप्टको कायरोमा रहेको ।)
१६) हालै भीषण आगलागीको चपेटामा परेको अस्ट्रेलियमा सबैभन्दा बढी प्रभावित क्षेत्र कुन–कुन हुन् ?
न्यु साउथ नेल्स र भिक्टोरिया
(– अस्ट्रेलियमा सन् २०१९ सेप्टेम्बरदेखि सुरु भएको भीषण आगलागीका कारण झन्डै ८४ लाख हेक्टर जङ्गल जल्न पुगेको छ । न्यु साउथवेल्स राज्यस्थित कोवार्गो र मोगो सहर विनाश भएका छन् । त्यसैगरी, भिक्टोरिया राज्यको एक नगर मालाकुटालाई पनि आगोले ठूलो क्षति पु¥याएको छ । अहिले ९सन् २०२० जनवरी दोस्रो हप्ता० सम्म झन्डै ४८ करोड जङ्गली जीवजन्तुको मृत्यु भइसकेको जनाइएको छ ।
– अस्ट्रेलिया सन् २००९ मा पनि भीषण आगलागीको चपेटामा परेको ।
– गर्मी मौसममा अस्ट्रेलियामा सामान्यताया गर्मी र सुख्खा रहने गर्छ ।)
१७) नेपालमा पेट्रोल र डिजेलमा स्वचालित मूल्य प्रणाली कहिलेदेखि लागू गरिएको हो ?
विक्रम संवत् २०७१ असोज १३
१८) हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थल देवघाट कुन–कुन नदीको सङ्गमस्थलमा रहेको छ ?
कालीगण्डकी र त्रिशूली
(– चितवन, नवलपुर र तनहुँ जिल्लाको सङ्गमस्थलमा अवस्थित यो ठाउँ नारायणगढ बजारदेखि करिब सात किमि उत्तरमा रहेको छ । दामोदर कुण्डबाट बगेर आउने कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आउने त्रिशूलीसँगै सेती, मस्र्याङ्दी, दरौँदी, मादीलगायतका नदी पनि मिसिएर यहाँ आइपुग्छन् । यस पवित्र भूमिमा शिव भगवान्का साथै ऋषिमुनिले तपस्या गरेको चर्चा पुराणहरूमा उल्लेख छ । प्राचीन समयमा अयोध्याका राजा रामचन्द्रका गुरु वशिष्ठले यहाँ तपस्या गरेको किंवदन्ती रहेको छ । यहाँ वशिष्ठको मूर्ति पनि छ । रामचन्द्र वनवास बस्दा सीताको असली रूपलाई यहीँ लुकाएर राखिएको थियो भन्ने विश्वास गरिन्छ ।
– यहाँ स्नान गर्नाले ठूलो यज्ञ गरेको, गाईदान गरेको, चारधाम तीर्थ गरेकोभन्दा धेरै पुण्य मिल्ने विश्वास रहेको छ ।
– माघेसङ्क्रान्ति, वैशाख सङ्क्रान्ति, ठूली एकादशी, बालाचतुर्दशीलगायत पर्वहरूमा यहाँ मेला लाग्ने गर्दछ ।)
१९) “जलवायु परिवर्तन, पर्वत र मानवीयताको भविष्य” शीर्षकमा विश्वस्तरीय सगरमाथा संवादको आयोजना कहिले गरिने भएको छ ?
विक्रम संवत् २०७६ चैत २०–२२
२०) नेपालले चीनका सात बन्दरगाह ९चारवटा सामुद्रिक र तीनवटा सुख्खा० उपयोग गर्न पाउने व्यवस्था कहिलेदेखि कार्यान्वयनमा आएको हो ?
सन् २०२० जनवरी १
(– २०७४ भदौ २१ गते नेपाल र चीनका वाणिज्य सहसचिवस्तरीय बैठकले अन्तिम रूप दिएको पारवहन तथा यातायात सम्झौताको कार्यविधि ९प्रोटोकल० अनुसार नै चीनका बन्दरगाह उपयोगको सुविधा नेपालले पाएको ।
– दुई देशबीच त्यो बेला भएको सहमतिअनुसार नेपालले अन्तर्राष्ट्रिय व्यापारका लागि चीनका तियान्जिन, सेन्जेन, लियान्युगाङ र झ्याङझियाङ सामुद्रिक बन्दरगाह तथा लान्जाओ, ल्हासा र सिगात्से सुख्खा बन्दरगाह उपयोग गर्न पाउने भएको ।
– यो सहमति यही जनवरी १ देखि कार्यान्वयनमा आएको ।
– बन्दरगाहबाहेक दुई देशबीच थप नाका प्रयोगमा पनि सहमति जुटेको छ । जसअनुसार अबदेखि चीनतर्फ पारवहनका लागि रसुवा, कोदारी र यारी तथा द्विपक्षीय व्यापारका लागि किमाथाङ्का, नेचुङ (कोराला) र ओलाङचुङगोला गरी छवटा नाका प्रयोग गर्न सकिनेछ । नेपालमा दर्ता भएका ढुवानीका साधन अनुमति लिएर सिगात्सेसम्म आउन जान सक्ने सहमति पनि भएको छ ।
– प्रधानमन्त्री केपी शर्मा ओली २०७२ चैतमा चीन भ्रमणमा रहँदा दुई देशबीच पारवहन तथा यातायात सम्झौता भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीको २०७६ वैशाख तेस्रो हप्तामा भएको चीन भ्रमणका क्रममा पारवहन तथा यातायातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो । प्रोटोकलमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका तर्फबाट यातायातमन्त्री ली छियाङपेङले हस्ताक्षर गर्नुभएको थियो ।)
२१) छोराको विवाहमा दुलहाका बाबु जन्ती जान नहुने चलन कुन जातिमा रहेको छ ?
दनुवार
२२) वाइफाइको पूरा रूप के हो ?
वायरलेस फिडिलिटी
२३) ‘पार्लियामेन्ट अफ नेपाल’ नामक मोबाइल एप कहिलेदेखि सञ्चालनमा आएको हो ?
विक्रम संवत् २०७४ साउन १२
(युएनडीपीको सहयोगमा बनाइएको यो एपमार्फत संसदीय गतिविधि अर्थात् संसद्को बैठक प्रत्यक्ष रूपमा हेर्न र सुन्न सकिने ।)
२४) रोबोट सञ्चालनमा ल्याउने पहिलो नेपाली बैङ्क कुन हो ?
एसबीआएई बैङ्क
( – बैङ्कले २०७४ असार १३ देखि रोबोट सञ्चालनमा ल्याएको ।
– व्यावसायिक रूपमा पहिलोपल्ट प्रयोगमा ल्याइएको सो रोबोटको नाम ‘परी’ रहेको ।)
२५) सामान्यतया चल्ती र कुल निक्षेप खातामा कति अवधिसम्म कारोबार नभए खाता निष्क्रिय भएको मानिन्छ ?
छ महिना
( – त्यस्तै, बचत खातामा तीन वर्षसम्म कुनै कारोबार नभएमा निष्क्रिय भएको मानिने ।
– राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्कअनुसार हाल विभिन्न बैङ्किङ संस्थामा सर्वसाधारणका झन्डै तीन लाख ७५ हजार खाता निष्क्रिय रहेका । साथै यी खातामा दुई अर्ब ५० करोड रुपियाँ बेवारिसे रहेको ।
– बैङ्कहरूले सार्वजनिक रूपमा जानकारी गराउँदासमेत निक्षेपकर्ता वा उसका आफन्तले रकम नलगेमा २० वर्ष पछि यी खातामा रहेको रकम बैङ्किङ विकास कोषमा जाने व्यवस्था रहेको ।)
२६) राष्ट्र बैङ्कद्वारा प्रकाशित तथ्याङ्कअनुसार २०७६ कात्तिकसम्म बैङ्क तथा वित्तीय संस्थामा सर्वसाधारणको कुल बैङ्क खाता सङ्ख्या कति रहेको छ ?
दुई करोड ९२ लाख
(– ‘सबै नेपालीको बैङ्क खाता’ भन्ने सरकारको नाराजस्तै दुई करोड ९२ लाख बैङ्क खाता पुगेको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । तथापि, केन्द्रीय बैङ्ककै अध्ययनअनुसार एकै व्यक्तिको धेरै खाता भएकाले ४० प्रतिशतभन्दा बढी नेपाली अझै बैङ्किङ पहुँच बाहिरै छन् ।
– राष्ट्र बैङ्कको गत असोजको अध्ययनले नेपालमा बैङ्किङ पहुँच ६०।९ प्रतिशत रहेको निष्कर्ष निकालेको थियो ।)
२७) हालै कुन देशका राजकुमार दम्पतीले राजपरिवारको विशेष जिम्मेवारी त्याग्ने घोषणा गर्नुभएको छ ?
बेलायत (सन् २०२० जनवरी)
(– राजकुमार ह्यारी र उहाँकी पत्नी मेगन मार्केलले राजपरिवारको विशेष जिम्मेवारी त्याग्ने घोषणा गर्नुभएको । ह्यारी र मेगनको जोडीले ब्रिटिस परिवारभित्र प्रगतिशील नयाँ भूमिका सिर्जना गर्न चाहेको र ‘शीर्ष’ शाही सदस्यको भूमिकाबाट पछि हटेको बताएको ।
– राजकुमार ह्यारी राजकुमार चाल्र्स, राजकुमार विलियम र उहाँका तीन सन्तानपछि बेलायतको राजगद्दीको छैटौँ रोलक्रममा रहेको ।)
२८) दुई फरक गुण भएका जीवहरूबीच प्रजनन गराई ठिमाहा उत्पादन गर्ने प्रक्रियालाई के भनिन्छ ?
हाइब्रिडाइजेसन
२९) ‘पर्यटनका लागि सँगसँगै’ भन्ने नाराका साथ ‘नेपाल पर्यटन वर्ष’ कहिले मनाइयो ?
सन् २०११
(यसअघि सन् १९९८ लाई ‘नेपाल भ्रमण वर्ष’ र सन् २००२–२००३ लाई ‘गन्तव्य नेपाल वर्ष‘ का रूपमा मनाइएको थियो ।)
३०) नेपालमा पहिलोपटक राष्ट्रिय जनस्वास्थ्य सर्वेक्षण कहिले गरियो ?
सन् १९९६
(– नेपालमा सन् २०१६ मा पाँचौँ राष्ट्रिय जनस्वास्थ्य सर्वेक्षण सम्पन्न भएको ।
– पाँचौ स्वास्थ्य सर्वेक्षणअनुुसार नेपालका पाँच वर्षमुनिका बालबालिकामध्ये ३६ प्रतिशतमा पुड्कोपन, २७ प्रतिशत कम तौल भएका र १० प्रतिशत ख्याउटे भएको देखिएको ।
– नेपालमा प्रत्येक पाँच वर्षमा स्वास्थ्य सर्वेक्षण गरिँदै आएको ।)
गोरखापत्र
