Logo

Hello NEw

कोरोनाविरुद्ध जुट्न प्रधानमन्‍त्रीले दिए निर्देशन



काठमाडौं, २३ माघ । प्रधानमन्त्री केपी ओलीले कोरोना संक्रमणविरुद्ध निर्धारित कार्यायोजना अनुरुप जुट्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।

बिहीबार बालुवाटारमा प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गर्दै नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति तयारीमा जुट्न सम्बन्धित निकायलाई निर्देशजन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री, मुख्य सचिव, सुरक्षा अधिकारी सहितको विशेष बैठकमा यस्तो निर्देशन दिएका हुन् ।

सँगै प्रधानमन्त्री ओलीले चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवं नागरिकलाई यहाँ नेपाल ल्याएर गरिन उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्नसमेत निर्देशन दिएका छन् ।

शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गरी नेपाल आउन चाहने विद्यार्थी र नागरिकलाई ल्याउनसमेत उनले बैठकमा निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्