Hello NEw
छेडागाड नगरपालिकामा मेयर र उप–मेयरको यस्तो मनोमानी
काठमाडौ । छेडागाड नगरपालिकाका प्रमुख र उपप्रमुखले आर्थिक स्रोत अधिकतम दुरुपयोग गरेका छन् । उनीहरुले नगरपालिकाको अन्य शीर्षकको बजेटबाट जथाभावी खर्च गर्ने गरेको भेटिएको हो ।
गतबर्ष नगरपालिकाले वित्तीय समान्यीकरण र कन्टिन्जेन्सी शीर्षकबाट नगर प्रमुख र उपप्रमुखको भ्रमणमा २३ लाख खर्च ग¥यो । नगरप्रमुख लालबहादुर महताराले भ्रमण तथा अनुगमनका नाममा ९ लाख ४७ हजार, गाडी भाडा शीर्षकमा ३ लाख २३ हजार र वैठक भत्ता शीर्षकमा ८० हजार भुत्तानी लिएका थिए ।
यस्तै उप–प्रमुख सरिता वलीले भ्रमण तथा अनुगमनका नाममा ६ लाख ५३ हजार, गाडी भाडा शीर्षकमा २ लाख १२ हजार र वैठक भत्ता शीर्षकमा ५६ हजार ८ सय हजार भुत्तानी लिएका थिए । महालेखाले नगरप्रमुख र उपप्रमुखबाट भएको विभिन्न शीर्षकका यस्ता खर्चमा रोक लगाउन भनेको छ ।
यस्तै नगरप्रमुख महताराले उप–सचिव सरह सुविधा लिने गरि मान बहादूर बुढा क्षत्रीलाई प्रेस सल्लाहकार नियुत्त गरेकी छन् । उप–प्रमुख सरिता वलीले विरेन्द्र बहादुर रोकायालाई प्रेस सल्लाहकारमा नियुत्त गरेकी हुन् । त्यसरी सल्लाहकार नियुत्त गर्न पाउने कानुनी व्यवस्था छैन । तर उनीहरुले मासिक पारिश्रमिकसहित विभिन्न शीर्षकमा मानबहादुर बुढा क्षेत्रीलाई ३ लाख ५२ हजार र विरेन्द्रबहादुर रोकायलाई २ लाख ३१ हजार तलव भत्ता खुवाइका छन् ।
स्रोत महालेखाले गरेको लेखापरीक्षण रिर्पोटबाट
