Logo

Hello NEw

प्रतिनिधिसभा बैठक बस्दै : यस्ता छन् एजेन्डाहरु



काठमाडौं, २४ माघ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको शुक्रबार दिउँसो १ बजे बस्दैछ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले अवरोध गरेपछि स्थगित भएको थियो । कांग्रेस नेता विजय गच्छदारविरुद्ध अख्तियारले प्रतिशोधका आधारमा मुद्दा दायर गरेको भन्दै कांग्रेसले बैठकमा अवरोध गरेको थियो ।

ललितानिवास जग्गा प्रकरणमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनालाई मुद्दा दायर गरेको छ ।

आजको बैठकमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक,२०७६ सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ ।

यस्तै, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले बिउ बिजन ९दोस्रो संशोधन० विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७६ पेश गरिने कार्यसूचीमा उल्लेख छ ।

यस्तै आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले कारागार विधेयक २०७६ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र कारागार विधेयक २०७६ पेश गर्ने कार्यसूची छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसासले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक २०७६ पेश गर्नेछन् ।

यस्तै प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय उत्पति भएको संघ प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

भौतिक पूर्वाधार तथा यातायतमन्त्री वसन्तकुमार नेम्बाङले बैठकमा राष्ट्रियसभामा उत्पति भएको नेपाल इन्जिनियरिङ परिषद् ९पहिलो संशोधन विधेयक २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्