Hello NEw
डोटीमा ‘ट्रायल सेन्टरकाे सिलान्यास ,

डोटी १८ चैत्र— तीन जिल्लाका सेवाग्राहीहरूको समस्यालाई मध्यनजर गरी डोटीमा यातायात व्यवस्था सेवा कार्यालयले आइतबार ट्रायल सेन्टरको सिलान्यास गरेको छ । बाजुरा, अछाम र डोटीका सेवाग्राहीले सवारी साधन संचालनको अनुमतिपत्र पाउन दिनुपर्ने प्रयोगात्मक परीक्षाका लागि ट्रायल सेन्टर निर्माण गरिन लागेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले सेन्टरको शिलान्यास गरेका हुन् । जनताको घरदैलोमै सेवा पुर्याउन प्रदेश सरकार गम्भिर भएकाले पहाडी जिल्लावासीलाई सहज बनाउन भौतिक पूर्वाधारमा जोड दिन लागिएको मन्त्री बोहराले बताए । उनले आगामी दिनमा थप सेवा दिन प्रदेश सरकार प्रयत्नरत रहेको बताए ।
