Hello NEw
काठमाण्डौका यी ठाउँमा दुई घण्टा बत्ती जाने
काठमाण्डौ, २६ माघ । काठमाण्डौंका विभिन्न ठाउँमा आइतबार दुई घण्टा बत्ती जाने भएको छ । महाराजगञ्ज वितरण केन्द्रको ओम फिडरबाट वितरित लाइन दिउँसो १२ बजेदेखि २ बजेसम्म सट डाउन हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
नेपाल वन निगम लिमिटेडले चक्रपथ विस्तारका लागि रुख कटान गर्ने भएकाले बत्ती जाने भएको हो । यस फिडरअन्तर्गत् सुकेधारा, न्यू कोलोनी, ढलाने पुल, निलो पुल लगायतका क्षेत्रमा बत्ती जाने भएको छ ।
निर्धारित समयअगावै काम सकिए २ बजेभन्दा अगाडि नै बत्ती आउने केन्द्रले जनाएको छ ।
