Hello NEw
प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै
काठमाडौं, २६ माघ । संघीय संसदअन्तरगत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक आइतबार दिउँसो १ बजे बस्न लागेको संघीय संसदले जानकारी दिएका छन् ।
बैठमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक,२०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, कानुन,न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले प्रमाण (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७६ पेश गर्ने र कृषि सहरकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले बिउ बिजन दोस्रो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७६ पेश गर्नेलगायत कार्यसूचीमा उल्लेख छ।
प्रतिपक्षी दल कांग्रेसले गत बिहीबार र शुक्रबार अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।

