Hello NEw
वुहानबाट फर्काइने विद्यार्थीको हेरचाहमा ६० स्वास्थ्यकर्मी खटाइँदै
काठमाडौं, २७ माघ । वुहानको १८० जना नेपाली विद्यार्थी लीन जाने चिकित्सक, पाइलट तथा अन्य कर्मचारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट ओरिन्टेसन तालिम दिने भएको छ । यस्तै, नेपाल फर्काइने नेपालीको स्वास्थ्य जाँच तथा हेरचाहका लागि ६० बढी स्वास्थ्यकर्मी खटिने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूलाई आजबाट ओरिन्टेसन तालिम दिन थालेको हो । मन्त्रालयले ओरिन्टेसनमा डाक्टर नर्स, प्यारामेडिक्सबाहेक एम्बुलेन्स चालकहरू समेत सहभागी हुने र आजै ओरिन्टेसन सकिने बताइएको छ । तालिम लिएकाहरूलाई विमानस्थलको पार्किङ क्षेत्रमा बनाइने हेल्थ डेस्कमा चीनबाट आउनेहरूको स्क्रिनिङ गर्न, चीनबाट ल्याएर राखिने क्वारेन्टाइनमा हेरचाह गर्न खटाइने बताए । त्यसमा उनीहरूको यातायातको चालक र एम्बुलेन्स चालकसमेत हुनेछन् ।
हुवेई प्रान्तमा रहेका १८० जना नेपालीलाई अब केही दिनमै नेपाल ल्याउने तयारी अन्तिम चरणमा रहेको सरकारले जनाएको छ । त्यसका लागि नेपालबाट हवाईजहाज चार्टर गरी चीन पठाउने र नेपालीहरू ल्याइने बताइएको छ । यद्यपि, चीनले नेपालीलाईआफ्नो देश पठाउनुअघि विमानस्थलमा १८० जनाको स्वास्थ्य परीक्षण गर्नेछ । त्यहाँ भाइरसको लक्षण देखिए उनीहरू नेपाल आउन पाउने छैनन् । स्वस्थ नेपाली मात्रै नेपाल आउनेछन् ।
नेपाल आइसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनस् उनीहरूको स्वास्थ्य जाँच गरिनेछ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठनको सहयोगमा पाँचवटा अस्थायी हेल्थ डेस्क विमानस्थल परिसर (पार्किङ) मा निर्माण गर्दैछ । ओरिन्टेसन लिने स्वास्थ्यकर्मीहरू सवही डेस्कमा खटिनेछन् भने केही स्वास्थ्यकर्मी क्वारेन्टाइनमा खटिनेछन् । उनीहरूहलाई पर्सनल प्रोटेक्ट इक्विपमेन्ट को प्रयोग सम्बन्धमा तालिमसमेत दिइनेछ । डब्लुएचओको गाइडलाइनअनुसार नेपालले काम गरिरहेको भन्दै अब १८० जनालाई निकै छिटै उद्धार गरिने मन्त्रालयले यसअघि नै बताएको छ ।
