Hello NEw
मालपोतका खरिदार पक्राउ
राजविराज, २७ माघ । सरकारी कागज किर्ते गरेको आरोपमा प्रहरीले सप्तरीका कर्मचारीलाई पक्राउ गरेको छ । राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालय मालपोत शाखाका खरिदार नबिन विश्वकर्मालाई प्रहरीले पक्राउ परेको हो ।
सरकारी काज किर्ते गरेको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ बस्ने ७६ वर्षीय फुरन चौधरी थारुले विश्वकर्माविरुद्ध लिखित उजुरी दिएको डीएसपी तिलक भारतीले बताए ।
कार्यालयको १० नम्बर फाँटमा कार्यरत विश्वकर्मालाई पक्राउ गरी सरकारी कागज किर्ते मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी कारवाही थालिएको डीएसपी भारतीले बताए
