Logo

Hello NEw

क्याबिनेटले छान्न सकेन आइजिपी : अर्को बैठक भोलि बस्दै



काठमाडौं, २७ माघ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्न मंगलबार बिहान मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । नियमित रूपमा सोमबार दिउँसो बसेको बैठकले आइजिपी छान्न नसकेपछि भोलि बिहान फेरि बस्ने भएको हो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सेवा अवधि माघ २८ गते सकिँदैछ । खनालसँगै उनको व्याचका एआइजिपीहरू पनि अवकाशमा जाने भएकाले डिआइजीबाट महानिरीक्षक बनाउनुपर्ने छ ।

डिआइजीहरू ठाकुर ज्ञवाली, तारणीप्रसाद लम्साल र सूर्य उपाध्याय प्रमुख रूपमा महानिरीक्षकको दौडमा छन् ।

प्रतिक्रिया दिनुहोस्