Hello NEw
नेपालको संविधानले कस्ता नागरिकलाई सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ ?
१. नेपालको संविधानले कस्ता नागरिकलाई सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ ? उल्लेख गर्नुहोस् ।

नेपालको संविधानको धारा ४३ ले देहायका नागरिकलाई सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ :
क) आर्थिक रुपले विपन्न नागरिक,
ख) अशक्त र असहाय अवस्थामा रहेका नागरिक,
ग) असहाय एकल महिला,
घ) अपाङ्गता भएका नागरिक,
ङ) बालबालिका,
च) आफ्नो हेरचाह आफैँ गर्न नसक्ने नागरिक,
छ) लोपोन्मुख जातिका नागरिक ।
२. व्यवस्थापन सूचना प्रणली भन्नाले के बुझिन्छ ? कार्यालयमा यसको आवश्यकता र महत्व के छ ? उदाहरणसहित स्पस्ट गर्नुहोस् ।

व्यवस्थापनले कार्यालयमा विभिन्न व्यवस्थापकिय कार्य तथा सोसँग सम्बन्धित धेरै निर्णयहरु गर्नुपर्ने हुन्छ । कार्यालयमा व्यवस्थापनले योजना तर्जुमागर्ने, निर्णय गर्ने, नीति निर्माण गर्ने, निर्देशन दिने, अनुगमन गर्ने लगायतका कार्य गर्नुपर्ने हुन्छ । व्यवस्थापनलाइ यस्ता कार्य सम्पादन गर्नको लागि सूचना तथा तथ्याङ्कको आवश्यकता पर्छ । व्यवस्थापनलाई आवस्यक पर्ने यस्ता सूचना एवं तथ्याङ्क सङ्कलन गर्ने, प्रशोधन गर्ने र व्यवस्थापन समक्ष पेश गर्न कार्यालयमा एक छुट्टै संयन्त्र हुन्छ, यसलाई व्यवस्थापन सूचनाप्रणली (Management Information System-MIS) भनिन्छ ।
कार्यालयमा यसको आवस्यकता
व्यवस्थापनका हरेक क्रियाकलाप निर्णय तथा योजनामा आधारित हुन्छन् । निर्णय तथा योजनाका हरेक प्रक्रिया सूचनामा आधारित हुन्छन् । तथ्यपरक निर्णय तथा व्यावहारीक योजना कार्यालयमा व्यवस्थापन सफलताका सूचक हुन् । सूचना तथा तथ्याङ्क व्यवस्थापनको मेरुदण्ड र मस्तिष्क दुवै हो । यसले Institutional Memory कायम गर्न, यथार्थपरक योजना तर्जुमागर्न तथा भरपर्दो निर्णय गर्न सहयोग गर्छ ।
व्यवस्थापनलाई यसले विगत र वर्तमानको तुलना गरी भावी रणनीति तय गर्न मदत गर्छ । जस्तैः चालू वर्षको मौद्रिक नीति तर्जुमा गर्न नेपाल राष्ट्र बैङ्क र चालू वर्षको वार्षिक बजेट तर्जुमा गर्न अर्थ मन्त्रालयलाई आवश्यक पर्ने विगत र वर्तमानको आर्थिक अवस्थाको यथार्थ सूचना तथा तथ्याङ्क उपरोक्त निकायमा हुने यस्तै संयन्त्रले उपलब्ध गराउँछ ।
कार्यालयमा यसको महत्व
– भरपर्दो सूचना सजिलै र तुरुन्तै प्राप्त गर्नमा सहयोग,
– छरिएका सूचनालाई एकीकृत गरेर सुरक्षित भण्डारण,
– सूचना प्रवाहको सुनिश्चितता,
– सूचनाको प्राप्ति र प्रयोगमा मितिव्ययिता,
– शिघ्र निर्णयकालागि सहयोग ,
– कार्यालयको प्रगतिविवरण बनाउन आधार ।
अर्थ मन्त्रालयले आफूमा भएको सूचना संयन्त्रको सहयोगबाट वार्षिक बजेट निर्माणको साथसाथै बजेटको अर्धवार्षिक तथा वार्षिक मूल्याङ्कन गर्ने, मन्त्रालयगत प्रगति विवरण तयार गर्ने, आर्थिक सर्वेक्षण गर्ने लगायतका कार्य गर्दै आएको छ । यसै गरी नेपाल सरकारका अरु मन्त्रालय, विभाग तथा निकायले पनि सूचना संयन्त्रको सहयोग लिएर विभिन्न व्यवस्थापकीयि कार्य गर्दै आएका छन् ।
