Logo

Hello NEw

वुहानबाट ल्याइने नेपालीलाई खरिपाटीमा राखिने



काठमाडौं, २८ माघ । चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपालीलाई भक्तपुरको खरिपाटी राखिने भएको छ । उनीहरुलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको थप दुई वटा भवन खाली गराएको छ ।

तीन दिनअघि प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराएकामा त्यो अपुग रहेको भन्दै हिजो क्यान्टिन नजिकै रहेको रातो भवन र प्राधिकरणका निर्देशकको क्वार्टरसमेत खाली गराएको नेपाल विद्युत् प्राधिकरण खरिपाटीले जानकारी दिएका छन् ।

चीनबाट फर्काइएकामध्ये १२४ जनालाई खरिपाटीस्थित प्राधिकरणमा र बाँकीलाई नगरकोटस्थित खानेपानीको तालिम केन्द्रमा राख्ने तयारी गरी व्यवस्थापन गरिएको छ । पर्यटकीय क्षेत्रमा चीनबाट फर्काइएका नेपालीलाई राख्न लागेको भन्दै स्थानीय बासिन्दाले भने विरोध गरेका छन् ।

क्वारेन्टाइन स्थापना गर्न भौतिक संरचनाको व्यवस्था शहरी विकास मन्त्रालयले जिम्मेवारी लिएर तयारी गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्