Logo

Hello NEw

अमेरिका ३५ रनमै अलआउट



काठमाडौं, २९ माघ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा अमेरिका ३५ रनमै अलआउट भएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिका नेपाली बलरसामु निरीह देखिएको थियो । अमेरिकाको पूरै टिम १२ ओभरमै अलआउट भएको हो ।

नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिए भने सुशन भारीले चार विकेट लिए । ६ ओभर बलिङ गरेका सन्दीपले एक मेडन राखेर १६ रन खर्चिँदा ६ विकेट हात पारे । यो उनको करियरकै अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो ।

सुशन भारीले तीन ओभरमा एक मेडन राखेर मात्र पाँच रन दिँदा महत्वपूर्ण चार विकेट हात पारे । त्यस्तै तीन ओभर बलिङ गरेका करण केसी भने विकेटविहीन बन्न पुगे ।

अमेरिकाका एक जना ब्याट्सम्यानले मात्र दोहोरो अङ्क बनाउन सके । जेभियर मार्शलले १६ रन बनाउँदा तीन जना ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् ।

यो खेलमा नेपालले विपक्षी टिमलाई न्यून कम योगफलमा रोक्ने कीर्तिमान बराबर गरेको छ । यसअघि सन् २००४ मा जिम्बाब्वे श्रीलङ्काविरुद्ध ३५ रनमै अलआउट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्