Logo

Hello NEw

सस्तोमा हवाई टिकट बेचे कारवाही



काठमाडौं, २९ माघ । सरकारले नयाँ ‘राष्ट्रिय हवाई नीति २०६७’ आगामी चैतबाट लागू गर्ने भएको छ । २६ वर्षअघि बनेको ‘राष्ट्रिय हवाई नीति–२०५०’ लाई तेस्रोपटक परिमार्जन गर्न नयाँ हवाई नीतिको मस्यौदा सार्वजनिक गरिएको छ । सो नीति अनुसार प्रस्तावित व्यवस्थामा लागू भएको न्यूनतम मूल्यभन्दा तल झरेर टिकट बेचे कारवाही भोग्नुपर्नेछ ।

मस्यौदा तयार पार्न बनेको कार्यदलका सदस्यले मस्यौदामाथि अहिले विभिन्न मन्त्रालय, योजना आयोग र सरोकारवालासँग छलफल भइरहेको बताएका छन् ।

अहिलेकै अवस्थामा राष्ट्रिय हवाई नीति २०७६ संसद्बाट पारित भए आन्तरिकतर्फका हवाई उडानमा प्रतिस्पर्धाको आधारमा सस्तो टिकट बेच्न पाइने छैन । सरकारले हवाई भाडामा एकरुपता ल्याउने भन्दैतयार पारेको मस्यौदामा उद्योग संरक्षणको नाममाटिकटको न्यूनतम मूल्य निर्धारणमा कडाइ गर्न खोजेको छ । उक्त प्रावधान संशोधन नभई पारित भए विमान कम्पनीहरुले तोकिएभन्दा कम मूल्यमा टिकट बेच्न पाउने छैनन् ।

प्रस्तावित मस्यौदामा नेपाल नागरिक उडड्यन प्राधिकरणको सिफारिसको आधारमा अधिकतम र न्यूनतम सीमा तोकी प्रत्येक उडान खण्डको आन्तरिक सेवाको हवाई भाडा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले तोक्ने उल्लेख छ । अहिले आन्तरिकतर्फका केही विमान कम्पनीले अफ सिजन भन्दै यात्रुलाई सस्तोमा उडान सेवा दिइरहेका छन् ।

मन्त्रालयले तोकेको आन्तरिक हवाई भाडाको सीमाभित्र रही सेवा सञ्चालन नगर्ने र अस्वस्थ प्रतिस्पर्धा गर्ने वायुसेवा कम्पनीलाई नेपाल नागरिक उडड्यन प्राधिकरणले हस्तक्षेपगरीकारवाही नै गर्ने भएपछि व्यापारिक प्रतिस्पर्धाको लाभबाट हवाई यात्रु वञ्चित हुनेछन् ।

सरकारको नीतिमार्फत उपभोक्तालाई मार पार्ने गरी नेपाली र विदेशी पर्यटकलाई एउटै मूल्यमा उडाउने तयारी भइरहेको उनको दाबी छ । विश्वका कयौं विमान कम्पनीहरुभाडा घटाउने होडबाजीले डुबेका उदाहरण रहेको भन्दै सरकारलाई कर तिर्नै नसक्ने गरी सस्तोमा टिकट बेच्दा कम्पनी नै डुब्ने खतरा बढ्ने उनीहरुको तर्क छ । नयाँ नीतिले वायुसेवा सञ्चालकहरुलाई राहत हुने समेत उनीहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्