Hello NEw
माधव र बाबुरामविरुद्ध मुद्दा
काठमाडौं, २९ माघ । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणका तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गर्दै रिट दर्ता भएको छ । बुधबार वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले सर्वोच्च अदालतमा नेपाल र भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।
नीतिगत निर्णयको नाममा व्यक्तिले गरेका काम कारवाहीबाट उन्मुक्ति नमिल्ने दाबीसहित रिटमा छानविनको माग गरेका छन् । साथै जग्गा फिर्ता गरेको नाममा कसैलाई कारवाहीबाट वञ्चित गर्न नमिल्ने दाबी नेउपानेले रिटमा गरेका छन् ।
ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
