Logo

Hello NEw

मानव अधिकारको परिभाषा दिदै यसका विशेषता एवं सिद्धान्तहरु बारे चर्चा गर्नुहोस्



प्रश्न : मानव अधिकारको परिभाषा दिदै यसका विशेषता एवं सिद्धान्तहरुको चर्चा गर्नुहोस् ।

सुबास घिमिरे, शाखा अधिकृत (उच्च अदालत बिराटनगर)

“A Right Which is Believed to Belong to Every Person”

मानव अधिकार मानिसको जन्मसिद्ध अधिकार हो । मानिसलाई मानवोचित किसिमले जिवनयापन गर्न आवस्यक पर्ने अधिकार नै मानव अधिकार हुन् । मानवको झुन्डले नै समाज बनेको हुन्छ र समाज को आवश्यकता अनुसार नै सबैले समान रुपमा मानवोचित व्यवहार प्राप्त गर्नुपर्दछ भन्ने मान्यतालाई मानव अधिकारले सम्बोधन गर्दछ । कुनै पनि मानिस जन्मिएपछी स्वतन्त्रताको खोजि गर्दछ त्यसरी नै मानव अधिकारले मानिसको स्वतन्त्रता र सुख प्राप्ति व्यक्तिका नैसर्गीक अधिकार हुन भन्ने कुरालाई जोड दिन्छ ।

मानव अधिकारलाई यसरी पनि वुझ्न सकिन्छ:

  • मानव अधिकार मानवजातिको नैसर्गिक अधिकार हो, जुन जँहासुकै वस्ने मानिसलाई प्राप्त हुन्छ,
  • मानिसको जिवनयापन गर्ने आधारभुत आवश्यकतासंग जोडिएको विषय हो,
  • मानव अधिकार मानिसको सार्वभौम आवश्यकता हो,
  • यो मानविय मुल्य र मर्यादासँग सम्बन्धीत हुन्छ,
  • मानव अधिकार मानविय विकास, अस्तित्व र पहिचानको आधारशिला हो,
  • मानव अधिकारको अभावमा मानव जातिको अस्तित्व नहुन सक्दछ,
  • मावमात्र भएर मानवलाई प्राप्त हुने नैसर्गिक अधिकार हो,
  • मानव अधिकार सर्वव्यापी, अहरणीय र अभिभाज्य विषय हो,

मानव अधिकारका आधारभुत सिद्धान्त तथा विशेषताहरु:

Basic  Principle  and Characteristics of  Human  Right

Principle of Universality (विश्वव्यापकताको सिद्धान्त) मानव अधिकार विश्वव्यापि हुन्छ । मानव  अधिकार सम्बन्धी अधिकार विश्वका जुनसुकै व्यक्तिलाई पनि प्राप्त हुन्छ । (Human Right belong to all people)
Principle of Inalienable मानव अधिकारलाई अन्यत्र सार्न सकिदैन । (Human Right cannot be Taken Away)
Principle of Interconnected मानव अधिकार एक अर्कासंग सम्बन्धीत हुन्छ । (Human Right are dependent on one another)
Principle of Inherent Rights (जन्मसिद्ध अधिकारको सिद्धान्त) मानव अधिकार जन्मसिद्ध हुन्छ । जन्मनासाथ प्राप्त भई मृत्यु पर्यान्त सम्म लागु हुन्छ।
Principle of Indivisble (अभिभाज्यताको सिद्धान्त) मानव अधिकारा अभिभाज्य हुन्छ। जुन एक अर्कासंग जोडिएर आएको हुन्छ ।
Principle of Inviolable (अहरणीयताको सिद्धान्त) विश्वव्यापि मान्यता, कानुनी आधार भन्दा बाहिर गएर मानव अधिकारको उलङघन गर्न नपाईने ।
Principle of Equity (समानताको सिद्धान्त) मानव अधिकारले मानवमाथिको व्यवहार समान हुनपर्दछ, अधिकारहरु समानरुपमा उपभोग गर्न पाउने कुरा लाई जोड दिन्छ ।
Principle of  Non  Discriminatory (भेदभाव रहितताको सिद्धान्त) मानव मानव बिचमा जात जाती, भाषा, धर्म, संस्कृति वा अन्य कुनै आधारमा भेदभाव गर्नुहुदैन भन्ने कुरालाई जोड दिन्छ ।
Principle of State Obligation (राज्यको दायित्वको सिद्धान्त) राज्यको स्थापना नै मानवका आवश्यकता पुरा गरी मानविय अस्तित्वको रक्षा गर्नका लागि भएको हुँदा यो राज्यको दायित्व हो
Principle of Development (विकासको अधिकारको सिद्धान्त) आजको युगमा विकासविना मानविय अधिकारहरु संरक्षण हुन नसक्ने कुरा पुष्टी हुदै गईरहेको पाईन्छ। त्यसैले मानव अधिकारको रक्षाका लागि समावेशी एवम् समानुपातिक विकासको आवस्यकता रहेको पाईन्छ ।

अतः मानव अधिकार नैसर्गिक, अहरणीय प्राकृतिक अधिकार हो । मानविय सम्मान (Human Dignity), मानविय मुल्य (Human Value), र मानविय सम्बन्ध (Human Relation) स्थापित गर्ने माध्यमको रुपमा मानव अधिकारलाई लिन सकिन्छ । मानव अधिकारले समानता, समावेशिकरण, आत्मानिर्णयको अधिकार, स्वतन्त्रता जस्ता विषयलाई समेटेको हुन्छ । त्यसैले विश्वव्यापी मानव अधिकार सम्बन्धी घोषणापत्र अनुसार विश्वका सबै राष्ट्रले आ-आफ्नो क्षेत्रबाट सक्रिय भुमिका निर्वाह गर्नुपर्ने देखिंन्छ ।

प्रतिक्रिया दिनुहोस्