Hello NEw
रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक पारित
काठमाडौं, १ फागुन । प्रतिनिधि सभाले ‘रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक, २०७६’ पारित गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको विधेयकलाई सभाको बहुमतले पारित गरेको हो । त्यसअघि सांसद खगराज अधिकारी, शेरबहादुर तामाङ र प्रेम सुवालले विधेयकमाथिको छलफलमा भाग लिएका थिए ।
छलफलमा सहभागी सांसदको जिज्ञासाको जवाफमा मन्त्री पोखरेलले रेडियोधर्मी पदार्थलाई नियमन र व्यवस्थित गर्न आवश्यक भएकोले विधेयक ल्याइएको बताउनुभएको थियो । संसदको बिहिवारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले कारागार विधेयक, २०७६ प्रस्तुत गरेका थिए ।
कोरोना भाईरसबाट नेपाल सुरक्षित छ भन्ने सन्देश विश्व सामु दिन त्रिभुवन विमानस्थल भएर नेपाल भित्रने सबैलाई स्क्यानिङपछि मात्र प्रवेशको व्यबस्था गर्न सुझाव समेत दिएका थिए ।
