Hello NEw
परीक्षा बोर्डको अध्यक्ष शिक्षा सचिव
काठमाडौं, १ फागुन । सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष शिक्षा मन्त्रालयका सचिव रहने व्यवस्था गर्ने भएको छ । यसअघि सार्वजनिक रूपमा आवेदन आह्वान गरेर अध्यक्ष छनोट गर्ने परम्परा थियो ।
विद्यालय तहअन्तर्गत कक्षा १०, ११ र १२ को परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनलगायत जिम्मेवारी बोर्डलाई छ। तर, अहिले बोर्डको क्षेत्रीय संरचना नबनेको कारण सबै परीक्षा केन्द्रीकृत रूपमै सञ्चालन भइरहेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक ‘२०७६’ मा यस्तो व्यवस्था छ ।
यसअघि शिक्षा ऐनको नवौं संशोधन गरी बोर्डको अध्यक्षमा मन्त्री रहने व्यवस्था खारेज भएको थियो । उक्त व्यवस्था खारेज भएपछि त्यसबेला लोकसेवा आयोगका अध्यक्ष संयोजक रहेको समितिले छनोट गरेको व्यक्तिलाई अध्यक्ष नियुक्ति गर्ने व्यवस्था गरेको थियो ।
सोही व्यवस्थाअनुसार ०७४ साल असोज २५ गते खुला प्रतिस्पर्धाबाट बोर्डको अध्यक्षमा त्रिभुवन विश्वविद्यालय प्राध्यापक चन्द्रमणि पौडेल नियुक्त भएका थिए। ऐन आएपछि बोर्डको सबै संरचना परिवर्तन हुनेछ।
