Logo

Hello NEw

दुई वर्षको प्रगति सुनाउँदै प्रधानमन्त्री



काठमाडौं, २ फागुन । दुई वर्षमा सरकारले गरेका कार्यहरूको जानकारी दिन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन गर्ने भएका छन् ।

आज दिउँसो दुई बजे सुरु हुने प्रतिनिधिसभा बैठकमा ओलीले सम्बोधन गर्ने छन् । बैठकको सुरुमै ओलीले सम्बोधन गर्ने कार्यतालिका तय गरिएको छ ।

२०७४ साल मङ्सिरमा भएको आमनिर्वाचनको करिब तीन महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ साल फागुन ३ गते सत्ता सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्