Hello NEw
प्रहरी जवानले हाने आफैंलाई गोली
सिन्धुली, २ फागुन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफ्नै पेटमा गोली हानेका छन् । सर्लाहीका २२ वर्षीय चन्द्र किशोर रायले आफैँले पेटमा गोली हानेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
गोली प्रहारबाट राय गम्भीर घाइते भएका छन् । उनको सिन्धुली अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौंस्थित नेपाल प्रहरी अस्पताल रिफर गरिएको छ । रायले डिउटीमा रहेका बेला नजिकैको अर्का प्रहरी जवानले बोकीरहेको लामो हतियार ९राइफल० खोसेर आफैँलाई गोली प्रहार गरी आत्महत्याको प्रयास थिए ।
आफैँमाथी गोली प्रहार गर्नुको कारणबारे एकिन नभएपनि सँगै कार्यरत महिला प्रहरी जवानलाई प्रेमप्रस्ताव गर्दा अस्विकार गरेपछि उनले आत्महत्या गर्ने उद्देश्यले गोली हानेको हुनसक्ने अनुमान गरिएको छ ।
अन्नपूर्ण
