Logo

Hello NEw

सांसदलाई डेढ करोडका ल्यापटप



जनकपुरधाम, २ फागुन । प्रदेशसभालाई पेपरलेस बनाउन भन्दै प्रदेश सांसदहरूका लागि महँगो ल्यापटप खरिद गरिएको छ । प्रदेश २ सरकारले १०७ सांसदसहित केही कर्मचारीहरूका लागि डेढ करोड खर्चेर ११८ वटा ल्यापटप खरिद गरेको हो ।

डेल कम्पनीको ३३९० मोडेलको ‘टू इन वन, स्क्रिन टच’ ल्यापटप प्रतिथान एक लाख ३४ हजार ७४५ रुपैयाँ पर्ने गरी जम्मा एक करोड ५९ लाख प्रदेशसभा सचिवालयले खर्चेको छ । दुई वर्ष वारेन्टी दिइएका ल्यापटपसँगै एकथान सर्भर पनि खरिद गरेको संसद् सचिवालयले जानकारि दिएका छन् ।

पहिलो चरणमा माघ २१ गते प्रदेशसभाको वार्षिकोत्सवको उपलक्ष्यमा केही थान संसदीय दलका नेताहरूलाई वितरण गरिए पनि अन्य सचिवालयको स्टोर रुममै राखिएको छ । मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल र कांग्रेस संसदीय दलका नेता रामसरोज यादवलाई ल्यापटप हस्तान्तरण गरिएको छ ।

ल्यापटपमा केही सफ्टवेयरहरू अपडेट गर्न बाँकी रहेको हुँदा काम सकिएलगत्तै सबै सांसदहरूलाई दिइने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्