Hello NEw
लोक सेवा विशेष : सामान्य ज्ञान
१) एसिया प्रशान्त प्रारम्भिक बालविकास सञ्जाल र प्रारम्भिक बाल स्याहार तथा शिक्षा नीतिसबन्धी अन्तर्राष्ट्रिय सम्मेलन कहाँ आयोजना गरियो ?
– काठमाडौं
२) नेपाल सरकारले कुन अवधिभित्र ‘साक्षर नेपाल’ घोषणा गर्ने लक्ष लिएको छ ?
– आगामी दुई वर्षभित्र (आ.व. २०७५ ७६ काके बजेटमार्फत)
३) केपी शर्मा ओली नेतृत्वको सरकारमा सङ्घीय समाजवादी फोरम नेपाल कहिले सहभागी भएको हो ?
(वि.सं.२०७५जेठ १८
– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव उप प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र मोहम्मद इस्तियाक राइन शहरी विककास मन्त्रीमा नियुक्त भएका ।
– यसैगरी, रक्षामन्त्री ईश्वर पोखरेल उप प्रधानमन्त्री र सञ्चारमन्त्री गोकुल बास्कोटा सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएका ।
४) नेपाललाई हिमालय प्रवेशको देशका रुपमा विश्वभर परिचित गराउने उदेश्यसहित हिमालयन ट्राभल मार्ट काठमाडौंमा कहिले सम्पन्न भयो ?
– वि. सं. २०७५ जेठ १८–२० (नेपाल पर्यटन बोर्ड र पाटा नेपाल च्याप्टरको संयुक्त आयोजनामा हिमालयन ट्राभल मार्टको दोेस्रो संस्करण काठमाडौंमा सम्पन्न भएको ।)
५) नेपाल भारत प्रवुद्ध व्यक्ति समुह (इपीजी) को नवौं बैठक कहिले तय गरिएको छ ?
– वि.सं.२०७५ असार १५–१६ (वि.सं.२०७५ जेठ १८–२० सम्म हुने भनिएको इपीजी बैठकको मिति सारेर असार १५–१६ तय गरिएको । इपीजीको म्याद २०७५ असार २० सम्म तोकिएको )
६) प्रदेश नं. ४ मा लाई के नामकरण गरिएको छ ?
– गण्डकी प्रदेश (वि.सं. २०७५ जेठ २१ ग्तेको प्रदेशसभा बैठकमा दुई तिहाई भन्दा बढी सदस्यले ‘गण्डकी प्रदेश’ नामकरण मत जाहेर गरेका । त्यस्तै, प्रदेशको राजधानी पोखरा राख्न सहमति सहितको सुभाव दिएका ।)
७) नेपाल र सेन्टकिट्स एन्ड नेभिसबीच कूटनीतिक सम्बन्ध कहिले कायम भएको हो ?
– सन् २०१८ मे ३०
– नेपाल सँग कुटनीतिक सम्बन्ध कायम गर्ने सेन्ट किट्स एन्ड नेभिस १५९ औँ राष्ट्र बनेको ।
– वेस्ट इन्डिजमा अवस्थित टापु मुलुक सन् १९८३ मा बलायती उपनिवेशबाट स्वतन्त्र बनेको
८) मुलुककै जेठो ‘राष्ट्रिय संग्रहालय’ कहाँ रहेको छ ?
–छाउनी, काठमाडौं
(१८ हजारभन्दा बढी महत्वपूण एवं विश्वकै दुर्लव कला तथा वस्तुको सङ्ग्रह रहेको यो सङ्ग्रहालय वि.सं. १९५ फागुन १ देखि शुल्क लिएर सर्वसाधारणका लागि खुला गरिएको)
९) विश्वकै पहिलो जिरो कार्वन सिटी कुन शहरलाई घोषित गरिएको हो ?
–युएईको मस्दार शहर
१०) बाघ गणना र गैँडा गणना कति कति वर्षमा गर्ने गरिएको छ ?
–४/४ वर्ष
