Logo

Hello NEw

माधव र बाबुरामलाई भ्रष्टाचार मुद्दा नलगाउनुको कारण देउ : सर्वोच्च अदालत



काठमाडौं, २ फागुन । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा विक्रीमा जोडिएका तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा नलगाउनको कारणबारे जवाफ मागेको छ ।

सर्वोच्चले दुवै पूर्व प्रधानमन्त्रीको पालामा मन्त्रिपरिषद्‍बाट निर्णय गराएर बेचिएको भनिएको बालुवाटारको जग्गा प्रकरणमा अन्यलाई मुद्दा चलाएको अवस्थामा उनीहरुविरुद्ध मुद्दा नचलाउनुको कारण मागेको हो ।

सर्वोच्चले यो मुद्दालाई अग्राधिकार दिँदै यस्तो आदेश गरेको हो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले दुवैविरुद्ध मुद्दा नलगाउनुको कारणसहितको जवाफ दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको हो । सर्वोच्चले अख्तियार, नेपाल र भट्टराईलाई १५ दिनमा जवाफ दिन भनेको छ ।

अख्तियारले बालुवाटार जग्गा प्रकरणमा तत्कालनी मन्त्रीहरु विजयकुमार गच्छदार र चन्द्रदेव जोशीसहितविरुद्ध मुद्दा लगाएको थियो । तर नीतिगत निर्णयकर्ता भन्दै तत्कालीन प्रधानमन्त्री नेपाल र डा.भट्टराईलाई भन्दै मुद्दा चलाएको थिएन । अख्तियारको यस निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले सर्वोच्चमा रिट हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्