Logo

Hello NEw

२ लाख घुससहित कार्यालय प्रमुख र सहयोगी पक्राउ



नवलपुर, २ फागुन । डिभिजन वन कार्यालय नवलपुरका निमित्त कार्यालय प्रमुख कृष्णबहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोद कुमार तेलीलाई २ लाख घुस रकमसहित पक्राउ परेको छ ।

देवकोटा र करारमा रहेका कार्यालय सहयोगी तेलीले टेण्डरको काठ उठाए वापत सेवाग्राहीसँग पटक पटक घुस मागेको भन्ने उजुरीका आधारमा ख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट गएको टोलीले उनीहरूलाई दुई लाख घुस लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला नवलपरासी कावासोती नगरपालिका वडा नं. ८ स्थित डिभिजन वन कार्यालय, नवलपुरबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्