Logo

Hello NEw

खानेपानीको ६ लाख हिनामिना : वडाअध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा



काठमाडौं, ४ फागुन । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नम्बर – ६ का अध्यक्ष कैलाश थापासहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

थापाले उपभोक्ता समितिको अध्यक्ष पनि आफैं बनेरे खानेपानी योजनामा कीर्ते गरेको खुलेको छ ।

जिल्ला खानेपानी योजनाको कागजपत्र नक्कली बनाएर बनाएर कामै नगरी ६ लाख रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

अख्तियारले रकम हिनामिनामा संलग्न भएको आरोपमा वडाध्यक्ष थापासहित लिसंखुपाखर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निरन्जन पाख्रिन, तत्कालीन लेखापाल सुरेन्द्रबहादुर तितजुका, तत्कालीन असिस्टेन्ट सव-इन्जिनियर लिलबहादुर पाण्डेविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको हो ।

यो प्रकरणमा अख्तियारले वडा नम्बर ५ का बाबुलाल जोशी र दल बहादुर श्रेष्ठविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको हो । पछिल्लो समय जनप्रतिनिधि भ्रष्टाचार मुद्दामा पर्ने क्रममा बढेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्