Logo

Hello NEw

महराको सफाइ पत्र संसदमा : सभामुखले गराए जानकारी



काठमाडौं, ६ फागुन । जबरजस्ती करणी मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएको जानकारी संसदमा गराइएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महराले सफाइ पाएको जानकारी गराएका हुन् ।

अबबाट निवर्तमान सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा बैठकमा सहभागी हुने बाटो खुलेको हो । महरालाई जिल्ला अदालत काठमाडौंले सोमबार सफाइ दिएको थियो । संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो ।

महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो । पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए । जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा राख्नेगरी भएको आदेश कानुन विपरित भन्दै महराले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्