Hello NEw
मिर्गौला प्रत्यारोपणको तयारीमा प्रधानमन्त्री
काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारी अन्तिम चरणमा पुगेको छ । एक महिनाभित्रै प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताए ।
मंगलबार प्रधानमन्त्री ओलीले मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटुको परीक्षण गरेका थिए ।
उनको मुटुको एन्जिओग्राफी गरिएको र रिपोर्ट सामान्य रहेको चिकित्सकहरूले बताएका छन् । केही समयअगाडि प्रधानमन्त्रीले ग्राण्डी अस्पतालमा हड्डीको परिक्षण गरेका थिए।
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीको मिर्गौलाले काम गर्न छोडेको छ । अहिले उनको सातामा एक पटक मिर्गौलाको डायलासिस हुँदै आएको छ ।
गत मंसिरमा प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस भएको थियो । त्यो बेला उनी उपचारका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा १० दिनसम्म बसेका थिए।
